
काठमाडौं । नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडले ग्राहकका लागि विशेष सुविधा सहितको गाडी कर्जा योजना सार्वजनिक गरेको छ ।
यस योजना अन्तर्गत ग्राहकले आकर्षक ब्याजदरमा सजिलैसँग गाडी खरिद गर्न सक्नेछन् । हालका लागि गाडी कर्जाको ब्याजदर केवल ६.२९ प्रतिशत (२०८२ भदौ महिनाको आधारदर ५.७९ प्रतिशत मा ०.५ प्रतिशत थप गरी हुन आउने ६.२९ प्रतिशत) कायम गरिएको छ ।
आगामी दसैं, तिहार तथा छठ पर्व लक्षित गर्दै ल्याइएको यस योजनाले चाडपर्वको उत्सवमा नयाँ गाडीको सपना पूरा गर्न चाहने ग्राहकलाई थप सहज हुने अपेक्षा गरिएको बैंकले जनाएको छ ।
सीमित समयका लागि मात्र लागु रहने यस विशेष सुविधा नेपाल इन्भेस्टमेन्ट मेगा बैंक लिमिटेडका देशभरिका शाखाबाट लिन सकिने छ ।
प्रतिक्रिया 4