+
+
Shares

मिर्गौला रोगसँग लडिरहेका फिनल्याण्डका सांसदले संसदभित्रै त्यागे प्राण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते ६:५०

४ भदौ, काठमाडौं । फिनल्याण्डको संसदमा ३० वर्षीय सांसद इमेली पेल्टोननले आफ्नो ज्यान लिएका छन् । उनी सोसल डेमोक्रेटिक पार्टी (एसडीपी) का सांसद थिए ।

पेल्टोननले आफ्नो अन्तिम इन्स्टाग्राम पोस्टमा आफू मिर्गौला रोगसँग संघर्ष गरिरहेको उल्लेख गरेका थिए । त्यसपछि अर्को रोगसमेत देखिएपछि उनलाई संसदीय कामबाट बिदा लिनु परेको थियो ।

सन् २०२३ को निर्वाचनमा पेल्टोननले ५ हजार ७४७ मत प्राप्त गरेर सांसद बनेका थिए । उनी संसदका केही समितिहरूमा काम गर्थे । साथै उनी जार्भेनपा सिटी काउन्सिलका सदस्य र त्यहाँका सबैभन्दा कम उमेरका बोर्ड अध्यक्षसमेत थिए ।

एसडीपीकी नेतृ टायटी टुपुरैनेनले भनिन्, ‘इमेलीको मृत्युले हामीलाई अत्यन्तै दुःखी बनाएको छ। उनी सबैलाई निकै मन पर्ने नेता थिए । यति कम उमेरमा उनको निधन हुनु निकै पीडादायी छ।’

पूर्व रक्षामन्त्री एन्टी क्याक्कोनेनले एक्समा लेखेका छन्, ‘इमेली एक होनहार सांसद थिए । उनी असाधारण रूपमा असल र दयालु व्यक्तित्वका धनी थिए ।

हाल प्रहरीले मृत्युको कारणबारे अनुसन्धान गरिरहेको छ। प्रहरीका अनुसार, यस घटनामा अहिलेसम्म कुनै आपराधिक पक्ष जोडिएको देखिएको छैन ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?