
४ भदौ, काठमाडौं । नेकपा (माओवादी केन्द्र) का सांसद सुदन किराँतीले सौर्य एयरलाइन्स विमान दुर्घटनाको न्यायिक छानबिन हुनुपर्ने माग गरेका छन् ।
अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बुधवारको बैठकमा बोल्दै उहाँले यस्तो माग गरेका हुन् । उक्त उडान गैरनागरिक उड्डयन भएकाले यसको छानविन पुन: गर्न जरुरी रहेको उनले बताए ।
चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौंपल्ट छानबिन हुनुपर्ने उनको भनाइ छ ।
‘गैर नागरिक उड्डयन हो । चालक दल र आवश्यक प्राविधिक मात्रै चढ्न पाउने प्रावधान छ तर अरु प्यासेन्जर पनि जहाँजमा हालिएको छ,’ उनले भने, ‘रिपोर्ट आयो के भने सबैकुरा ठिक छ तर मुटुमा क्यान्सर लागेको छ भन्ने प्रकृतिको रिपोर्ट आयो । टेक्निकल कुरामा के भयो भन्ने मात्रै रिपोर्ट आयो । केके हुनु हुँदैन थियो भन्ने आएन ।’
एक महिनाअघिदेखि ग्राउण्डेड जहाँजमा को मान्छे लैजानु हुँदैन थियो भन्नेकुरा नै उल्लेख नरहेको उनले बतँए ।
‘एक महिनाअघिदेखि ग्राउण्डेट जहाँजमा को मान्छे लैजानु हुँदैन थियो, के गर्नुहुन्थ्यो, के गर्नु हुँदैन भन्नेकुरा रिपोर्टमा आएन । चित्तबुझ्दो रिपोर्ट नआएको हुनाले न्यायको लागि दर्जनौँ पल्ट छानविन गर्नुपर्छ,’ उनले भने, ‘संरचनागत र नीतिगत सुधारका लागि मन्त्रीज्यु नै लाग्नुभएको बेला यो लापरवाहीपूर्ण रिपोर्टलाई छोड्दा देशले न्याय पाउँदैन ।’
सांसद किराँतीले जहाँजको ढोका राम्रोसँग लाग्दैन भन्दा एक पटक गएर आउ अनि बनाउँला भन्ने किसिमको लापरवाही हुने गरेको बताए ।
प्रतिक्रिया 4