News Summary
Generated by OK AI. Editorially reviewed.- भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता भदौ ११ र १२ गते आयोजना हुने भएको छ।
- प्रतियोगितामा १९०० भन्दा कम रेटिङका २०० स्वदेशी र विदेशी खेलाडीको सहभागिता रहनेछ।
- प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्नेछन् ।
४ भदौ, काठमाडौं । भक्त राना स्मृति बुद्धिचाल प्रतियोगिता ११ र १२ भदौमा हुने भएको छ । प्रतियोगिता अखिल नेपाल बुद्धिचाल संघ र नेसनल स्पोर्ट्स एकेडेमीको आयोजनामा हुन लागेको हो ।
१९०० भन्दा कम रेटिङका खेलाडीको मात्र सहभागिता रहने सो प्रतियोगितामा स्वदेशी र विदेशी गरी २०० जनाले भाग लिने जनाइएको छ ।
प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको आयोजक अखिल नेपाल बुद्धीचाल संघका अध्यक्ष दिपेन राईले जानकारी दिए । प्रतियोगिताको उद्घाटन पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले गर्ने छन् । प्रतियोगिता सिनामंगल स्थित होटल रोयल एयरपोर्टमा हुने छ ।
काठमाडौँमा आयोजना हुने बुद्धिचाल प्रतियोगिताको पुरस्कार राशि २ लाख ४ हजार रुपैयाँ रहेको छ । प्रतियोगिताको लागत ११ लाख ४३ हजार रुपैयाँ छ ।
बाल्यकाल देखि खेलकुदमा चासो राख्ने गरेका रानाको गत वर्ष निधन भएको थियो । आयोजक अखिल नेपाल बुद्धीचाल संघले विगतमा पनि स्तरीय प्रतियागिता आयोजना गर्दै अएका छन् ।
प्रतिक्रिया 4