+
+
Shares

साउनमा मात्रै ६८ हजार बढी नेपाली कामका लागि विदेशिए

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ४ गते २१:५५

४ भदौ, काठमाडौं । आर्थिक वर्ष २०८२/८३ को पहिलो महिनामा ६८ हजारभन्दा बढी नेपालीले वैदेशिक रोजगारीका लागि श्रम स्वीकृति लिएका छन् ।

वैदेशिक रोजगार विभागले सार्वजनिक गरेको श्रावण महिनाको प्रगति विवरण अनुसार कुल ६८,११० जनाले श्रम स्वीकृति लिएका हुन्, जसमा पुरुषको संख्या अत्यधिक रहेको छ ।

विभागको तथ्यांक अनुसार, श्रावण महिनामा ५८,९४८ जना पुरुष र ९,१६२ जना महिलाले श्रम स्वीकृति लिएका छन् । यो संख्याले वैदेशिक रोजगारीमा जाने कूल कामदारमध्ये महिलाको हिस्सा करिब १३.४५ प्रतिशत मात्र रहेको देखाउँछ ।

कुन माध्यमबाट गए कति ?

श्रम स्वीकृति लिनेहरूमध्ये सबैभन्दा ठूलो संख्या म्यानपावर कम्पनीमार्फत जानेहरूको छ ।

श्रावणमा ३१,८३० जनाले म्यानपावर कम्पनीमार्फत श्रम स्वीकृति लिएका छन्, जसमा २९,१३० पुरुष र २,७०० महिला छन् । सोही अवधीमा २३,६४४ जनाले पुन: श्रम स्वीकृति लिएका छन्, जसमा २०,५४७ पुरुष र ३,०९७ महिला रहेका छन् ।

व्यक्तिगत श्रम स्वीकृति लिनेको संख्या ११,७७२ रहेको छ भने सरकार–सरकार (न्२न्) प्रक्रियामार्फत कोरिया, इजरायल र बेलायत जानेको संख्या ८६४ रहेको छ ।

३ करोड ५३ लाखभन्दा बढी क्षतिपूर्ति असुल

वैदेशिक रोजगारीको आकर्षणसँगै ठगीका घटनाहरू पनि कायमै रहेको विभागको तथ्याङ्कले देखाउँछ । विभागको मुद्दा तथा अनुसन्धान शाखाका अनुसार श्रावण महिनामा मात्र ५८० वटा उजुरी दर्ता भएका छन् ।

ती उजुरीहरूमध्ये ७४ वटामा मिलापत्र गराइएको छ भने २६ वटा मुद्दा अदालतमा दायर भएका छन् । यस अवधिमा पीडितहरूका लागि तीन करोड ५३ लाख ८३ हजार क्षतिपूर्ति रकम असुल गराइएको विभागले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?