
४ भदौ, काठमाडौं । नेकपा एमालेले १३ भदौमा केन्द्रीय कमिटी बैठक बोलाएको छ ।
विधान महाधिवेशनमा प्रस्तुत गरिने मस्यौदा प्रतिवेदनबारे निर्णय गर्नेगरी बैठक बोलाइएको केन्द्रीय कार्यालय सचिव डा.भीष्म अधिकारीले बताए ।
‘तल्ला कमिटीहरूबाट संकलन भएको सुझावलाई समेटेर प्रतिवेदन तयार पार्नेगरी बैठक बोलाइएको हो’, अधिकारीले भने ।
१० भदौभित्र सुझाव संकलन गरिसक्नेगरी एमालेले डेडलाइन तोकेर अपानि–१२ जारी गरेको थियो । उक्त अपानि बमोजिम प्रदेश, जिल्ला, जनसंगठन र विभागहरूमा सुझाव संकलन भइरहेको छ ।
प्राप्त सुझावहरु समेटेर २०–२२ भदौमा हुने दोस्रो विधान महाधिवेशनका लागि केन्द्रीय कमिटीबाट राजनीतिक, संगठनात्मक र विधान प्रतिवेदन पारित हुनेछ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4