News Summary
Generated by OK AI. Editorially reviewed.- आईसीसी महिला क्रिकेट विश्वकप २०८० को खेल तालिका परिमार्जन गरी बेंगलुरुको खेलहरू नवी मुम्बईको डीवाई पाटिल रंगशालामा सारिएको छ।
- उद्घाटन खेल भारत र श्रीलंकाबीच गुवाहाटीमा सेप्टेम्बर ३० मा हुनेछ र फाइनल नोभेम्बर २ मा नवी मुम्बईमा खेलिनेछ।
- बेंगलुरु रंगशालामा आरसीबीको आईपीएल उपाधि जितेपछि भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि त्यहाँ कुनै ठूलो प्रतियोगिता अनुमति नदिइएको छ।
६ भदौ, काठमाडौं । आउँदो सेप्टेम्बर-अक्टोबरमा भारतमा हुने आईसीसी महिला क्रिकेट विश्वकपअन्तर्गत बेंगलुरुमा हुने तय भएका खेलहरू नवी मुम्बईको डीवाई पाटिल रंगशाला हुने भएका छन् ।
सेप्टेम्बर ३० बाट सुरु हुने प्रतियोगिताको तालिका आईसीसीले परिमार्जन गर्दै बेंगलुरुको खेल नवी मुम्बईमा सारेको हो। जसअनुसार यसअघि उद्घाटन खेल बेंगलुरुको एम चिन्नास्वामी रंगशालामा हुने भनिएपनि अब गुवाहाटीमा हुनेछ जहाँ भारतले श्रीलंकासँग खेल्नेछ।
जुन ४ मा आरसीबीले आईपीएल क्रिकेटको उपाधि जितेपछि विजय उत्सवका क्रममा भएको भागदौडमा ११ जनाको मृत्यु भएपछि उक्त रंगशालालाई ‘असुरक्षित’ ठहर गरिएको थियो। त्यसयता कर्नाटक क्रिकेट संघलाई त्यहाँ कुनै ठूलो प्रतियोगिता आयोजना गर्न अनुमति दिइएको छैन।
त्यसैकारण विश्वकपमा खेलहरूमा पनि परिवर्तन गरिएको हो ।
१२ वर्षपछि पुनः भारतमा हुन लागेको प्रतियोगिता सेप्टेम्बर ३० देखि नोभेम्बर २ सम्म भारत र श्रीलंकाका गरेर पाँच स्थानमा आयोजना हुनेछ ।
नयाँ तालिका
उद्घाटन खेल : भारत र श्रीलंका, गुवाहाटी (सेप्टेम्बर ३०)
नवी मुम्बईमा हुने खेलहरू : श्रीलंका र बंगलादेश (अक्टोबर २०), भारत र न्युजिल्यान्ड (अक्टोबर २३), भारत र बंगलादेश (अक्टोबर २६), दोस्रो सेमिफाइनल (अक्टोबर ३०)
फाइनल : नोभेम्बर २, नवी मुम्बई (यदि पाकिस्तान नपुगेको अवस्थामा, अन्यथा श्रीलंकामा हुने)
-क्रिकइन्फोबाट
प्रतिक्रिया 4