+
+
Shares

राजस्व बुझाउन सिमेन्ट उद्योगहरूलाई मधेश सरकारको पत्र

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते १६:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • मधेश सरकारले सिमेन्ट उद्योगहरूलाई राजस्व सञ्चित कोषमा शुल्क दाखिला गर्न पत्राचार गरेको छ।
  • मधेश प्रदेश आर्थिक ऐन, २०८२ को दफा १० अनुसार सिमेन्ट उद्योगहरूले वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर तिर्नुपर्नेछ।
  • आर्थिक वर्ष २०८१/८२ को शुल्क २०८२ पुस मसान्तसम्म तिर्दा जरिवाना छुट हुने व्यवस्था गरिएको छ।

६ भदौ, जनकपुरधाम । मधेश सरकारले सिमेन्ट उद्योगहरूलाई राजस्व बुझाउन पत्राचार गरेको छ ।

राजस्व बाँडफाँटमा प्रदेश सरकारको भागमा पर्ने राजस्व सञ्चित कोषमा दाखिला गर्न मधेशको अर्थ मन्त्रालयले सिमेन्ट उद्योगहरूलाई पात्राचार गरेको हो ।

पर्साको विश्वकर्मा सिमेन्ट, जगदम्बा सिमेन्ट उद्योग, आरएमसी सिमेन्ट, नारायणी सिमेन्ट उद्योगलाई पत्र पठाइएको छ ।

यस्तै बाराको अम्बे सिमेन्ट उद्योग र नेपाल सालिमार सिमेन्ट उद्योग, सिरहाको सौर्य सिमेन्ट र मारुती सिमेन्ट उद्योग र धनुषाको कशमस सिमेन्ट उद्योगलाई पत्र पठाएको अर्थ मन्त्तालयले जनाएको छ ।

मधेश प्रदेश आर्थिक ऐन, २०८२ को दफा १० को उपदफा (१) मा मधेश प्रदेशभित्र रहेका सिमेन्ट उत्पादन गर्ने उद्योगहरूले उत्पादित सिमेन्टको निकासी गर्दा प्रतिबोरा (५० किलोग्राम) को एक रुपैयाँको दरले वातावरण तथा औद्योगिक व्यवस्थापन दस्तुर लगाइएको छ ।

‘सोही ऐनको दफा १० को उपदफा (७) मा आर्थिक ऐन, २०८१ को दफा ८ को उपदफ (८) वमोजिम वातावरण प्रदुषण शुल्क दाखिला गर्न बाँकी रहेको उद्योगले आर्थिक वर्ष २०८१/८२ को शुल्क सम्वत २०८२ पुस मसान्तसम्म दाखिला गरेमा आर्थिक वर्ष २०८०/८१ सम्मको सोही ऐनको दफा ८ को उपदफा (८) बमोजिमको वातावरण प्रदूषण शुल्क र उपदफा (९) बमोजिमको जरिबाना छुट दिइने व्यवस्था रहेको छ,’ सिमेन्ट उद्योगहरूलाई पठाएको पत्रमा उल्लेख छ ।

बाँकी शुल्क घरेलु तथा साना उद्योग कार्यालयमा समयमै दाखिला गर्न नभए नियमानुसार हुने अर्थ मन्त्रालयले जनाएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?