+
+
Shares

दक्षिण कोरियाका लागि काेटा ५३ सय, आवेदन १ लाख बढी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ६ गते २०:०५

६ भदाै, काठमाडौं । रोजगारीका लागि दक्षिण कोरिया जान इच्छुक नेपाली युवामध्ये  १ लाख ३ हजार जनाले आवेदन दिएका छन् ।

वैदेशिक रोजगार विभागअन्तर्गतको ईपीएस (रोजगार अनुमति प्रणाली) कोरिया शाखाका अनुसार ५ हजार ३ सय कामदारको माग हुँदा १ लाख ३ हजारको आवेदन परेको हो ।

कोरियाले सन् २०२५ का लागि उत्पादनमूलक तथा कृषि–पशुपालन क्षेत्रमा ५ हजार ३ सय कामदारको कोटा पठाएको थियो ।

साउन २६ देखि ३१ गतेसम्मको आवेदन अवधि भित्र १ लाख ३ हजार जनाले भाषा परीक्षाका लागि अनलाइन आवेदन दिएका हुन् ।

ईपीएस कोरिया शाखाका अनुसार अहिले आवेदनहरूको प्रारम्भिक रुजुकार्य भइरहेको छ । भाषा परीक्षा एकैदिनमा बढीमा पाँच सिफ्टमा सञ्चालन गरिनेछ । परीक्षा पास भएकाले मात्र अन्तिम रोजगारी छनोटमा प्रतिस्पर्धा गर्न पाउनेछन् ।

नेपालमा हरेक वर्ष कोरियाको ईपीएस परीक्षाले ठूलो आकर्षण पाउने गरेको छ ।

त्यसको मुख्य कारण कोरियामा तुलनात्मक रूपमा उच्च तलब, नियमनबद्ध श्रम बजार र श्रमिकमैत्री वातावरण रहेको छ ।

सीमित कोटामा अत्यधिक आवेदन पर्ने गरेको देखिन्छ । जसले कोरियाली श्रम बजारप्रति नेपालीको आकर्षण देखाउँछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?