+
टप एन्ड टी-२० सिरिज :

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

२०८२ भदौ  ६ गते १८:४७ २०८२ भदौ ६ गते १८:४७

यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ ।

पाकिस्तान शाहीन्ससँग नेपाल १ रनले पराजित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाल टप एन्ड टी-२० सिरिजको अन्तिम लिग खेलमा पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ।
  • नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनाएको थियो भने पाकिस्तानले १४४ रन बनाएको थियो।
  • कप्तान रोहित पौडेलले ५२ र दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाए पनि नेपाललाई जिताउन सकेनन्।

६ भदौ, काठमाडौं । अस्ट्रेलियाको नर्दन टेरिटोरीमा जारी टप एन्ड टी-२० सिरिजको आफ्नो अन्तिम लिग खेलमा नेपाल पाकिस्तान शाहीन्ससँग १ रनले पराजित भएको छ ।

पाकिस्तानले दिएको १४५ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ७ विकेट गुमाएर १४३ रन मात्र बनायो । नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ५२ रन तथा दिपेन्द्रसिंह ऐरीले अविजित ४१ रन बनाएपनि पर्याप्त हुन सकेन ।

सुस्त सुरुवात गरेको भएपनि रोहित र दिपेन्द्र मिलेर नेपाललाई राम्रो अवस्थामा पुर्‍याएका थिए । अन्तिम ओभरमा ८ रन आवश्यक रहँदा नेपालले ६ रन मात्र जोड्यो ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको पाकिस्तानले २० ओभरमा ९ विकेट गुमाएर १४४ रन बनाएको थियो ।

पाकिस्तानका लागि कप्तान मोहम्मद इरफान खान नियाजीले अविजित ४२ रन बनाए । पाकिस्तान ७९-७ को संघर्षपूर्ण अवस्थामा रहेपनि इरफानले कप्तानी पारी खेले ।

नेपालका लागि सोमपाल कामीले ४ ओभरमा ३० रन दिएर ३ विकेट लिए । नन्दन यादव र दिपेन्द्रसिंह ऐरीले २-२ विकेट लिँदा कुशल भुर्तेलले १ विकेट लिए ।

यस हारसँगै नेपालको यात्रा लिग चरणमै समाप्त भएको छ ।

टप एन्ड टी-२० सिरिज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय