News Summary
Generated by OK AI. Editorially reviewed.- विराट कोहलीले पूर्ण रूपमा फिट रहेसम्म आईपीएल खेल्ने बताएका छन्।
- कोहलीले आरसीबीका लागि निरन्तर खेल्ने चाहना प्रकट गरिसकेका छन्।
- कोहलीले २०२७ को एकदिवसीय विश्वकपसम्म ओडीआई क्रिकेट खेल्ने अपेक्षा गरिएको छ।
७ भदौ, काठमाडौं । भारतका स्टार क्रिकेटर विराट कोहलीले एक खेलाडीसँगको कुराकानीका क्रममा आफ्नो आइपीएल करियरबारे संकेत दिएको कुरा खुलेको छ ।
आईपीएलमा आरसिबीबाट खेल्ने गरेका कोहलीले २० वर्षीय टिममेट स्वस्तिक चिकारासँगको संवादमा आईपीएल भविष्यबारे योजना खुलाएको स्वस्तिकले बताएका हुन् ।
उनका अनुसार कोहलीले भनेका छन्, ‘जबसम्म म पूर्ण रूपमा फिट छु, तबसम्म खेल्छु। म कहिल्यै “इम्प्याक्ट प्लेयर”को भूमिकामा मात्र खेल्दिनँ, म सिंहझैं खेल्छु। २० ओभर फिल्डिङ गर्छु, अनि ब्याटिङ पनि। जुन दिन इम्प्याक्ट प्लेयर बन्नुपर्ने हुन्छ, त्यही दिन क्रिकेट छोड्छु।’
कोहली अहिले टी–२० र टेस्ट क्रिकेटबाट सन्यास लिएर एकदिवसीय क्रिकेट मात्रै खेलिरहेका छन्। उनी २०२६ को आइपिएलमा ३७ वर्षका हुनेछन्।
गत सिजनमा उनले आरसीबीलाई पहिलो पटक आइपीएल उपाधि दिलाउन १५ खेलमा ६५७ रन बनाएका थिए। फाइनलमा उनले ४३ रन बनाउँदै टोलीलाई उपाधि जिताउन महत्वपूर्ण योगदान दिएका थिए।
कोहलीले आइपीएलबाट सन्यास घोषणा गरेका छैनन्। उनले आरसीबीकै लागि निरन्तर खेलिरहने चाहना प्रकट गरिसकेका छन्।
उनले पहिले नै ‘इम्प्याक्ट प्लेयर’ नियमको विरोध गर्दै यसले खेलको सन्तुलन बिगार्छ भनेका थिए।
२०२७ को एकदिवसीय विश्वकपसम्म उनलाई ओडीआई क्रिकेटमा खेल्ने अपेक्षा गरिएको छ।
-हिन्दुस्तान टाइम्सबाट
प्रतिक्रिया 4