+

लुम्बिनी लाभाजमा रसियन जुवारेभा अनुबन्ध

२०८२ भदौ  ७ गते १६:५६ २०८२ भदौ ७ गते १६:५६
लुम्बिनी लाभाजमा रसियन जुवारेभा अनुबन्ध

News Summary

Generated by OK AI. Editorially reviewed.
  • लुम्बिनी लाभाजले रसियन आउटसाईड हिटर भेरोनिका जुवारेभालाई एभरेष्ट महिला भलिबल लिगका लागि अनुबन्धन गरेको छ।
  • जुवरेभले बलियो ब्लकिङ र नेट अगाडि निर्णायक अंक दिलाउने कौशलता देखाएकी छिन्।
  • टिम म्यानेजर स्तुती निरौलाले अर्को दुई विदेशी खेलाडीको नाम चाँडै सार्वजनिक गरिने बताइन्।

७ भदौ, काठमाडौं । वात्सल्य एभरेष्ट महिला भलिबल लिगको फ्रेन्चाइज टिम लुम्बिनी लाभाजले रसियन खेलाडी भेरोनिका जुवारेभालाई अनुबन्धन गरेको छ। नेपाल भलिबल संघको सहकार्यमा इन्फिनिटी ड्रीम्स प्रा. लि.ले आयोजना गरेको प्रतियोगितामा लुम्बिनी लाभाजले रसियाकी आउटसाईड हिटर जुवरेभलाई दोस्रो सिजनको प्रतियोगिताका लागि अनुबन्धन गरेको हो ।

जुवरेभ मिडल ब्लकर पोजिसनमा बलियो उपस्थिति जनाउने खेलाडीका रूपमा चिनिन्छिन् । उनले रसियाको विभिन्न शीर्ष लिग र क्लबहरूमा खेल्दै उल्लेखनीय प्रदर्शन गरिसकेकी छिन् ।

बलियो ब्लकिङ, तीव्र प्रतिक्रिया क्षमता र नेट अगाडि निर्णायक अंक दिलाउने उनको कौशलता, टिमका लागि महत्वपूर्ण योगदान हुने अपेक्षा गरिएको क्लबले जनाएको छ ।

लुम्बिनी लाभाज टिमलाई अझै शसक्त बनाउन अन्य दुई विदेशी खेलाडीको नाम केहि दिनमा नै सार्वजनिक गरिने टिम म्यानेजर स्तुती निरौलाले बताइन् । विदेशी खेलाडीको सहभागिताले टोलीलाई थप सशक्त बनाउने म्यानेजर निरौलाले विश्वास व्यक्त गरेकी छिन् ।

यसअघि सम्पन्न अक्सनमार्फत टोलीले नेपाली महिला भलिवल टोलीका कप्तान अरुण शाहीसहित कमला विष्ट, अलिसा मानन्धर, सान्तीकला तामाङ, अनुसा चौधरी, रोमा महतो, जेनिसा विश्वकर्मा र रिकजना माझीलाई पनि अनुबन्ध गरिसकेको र खेलाडीहरु पूर्णरुपमा प्रशिक्षणमा रहेका छन् । दोस्रो संस्करणको वात्सल्य एभरेस्ट महिला भलिबल लिग भदौ २० देखि २८ गतेसम्म पोखरामा हुदैछ ।

एभरेस्ट महिला भलिबल लिग लुम्बिनी लाभाज

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय