
८ भदौ, काठमाडौं । बजारमा सुकेको प्याजको भाउ घटेको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिको तथ्यांकले आइतबार सुकेको प्याजको भाउ घटेको देखाएको हो ।
समितिको तथ्यांकअनुसार आइतबार कालीमाटी बजारमा सुकेको प्याज प्रतिकिलो थोक मूल्य न्यूनतम ४० देखि ४२ रुपैयाँमा किनबेच भइरहेको छ ।
हिजो शनिबार प्रतिकिलो थोकमा न्यूनतम ४२ देखि अधिकतम ४४ रुपैयाँमा किनबेच भएको थियो ।
एक महिनाअघि सुकेको प्याज प्रतिकिलो थोकमा न्यूनतम ४५ देखि अधिकतम ४७ रुपैयाँमा किनबेच भएको थियो ।
आपूर्तिका आधारमा प्याजको भाउ घटबढ हुन्छ । अहिले बजारमा भारतीय प्याजले माग धानेको छ ।
व्यवसायीहरूका अनुसार भारतीय बजारमा प्याजको मूल्य घटबढ हुँदा त्यसको प्रभाव नेपाली बजारमा पनि पर्छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4