+
+
Shares

सन्यास लिइसकेका हलिउड स्टार डेनियल डे-लुईस फिल्ममा फर्किए

'एनिमोन'को ट्रेलर सार्वजनिक

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १२:५४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • विश्वप्रसिद्ध हलिउड अभिनेता डेनियल डे-लुइसले ८ वर्षको अवकाशपछि छोरा रोनान डे-लुइस निर्देशित इन्डी ड्रामा फिल्म 'एनिमोन'बाट अभिनयमा फर्किएका छन्।
  • फिल्म 'एनिमोन' सेप्टेम्बर २६ देखि अक्टोबर १३ सम्म हुने न्यूयोर्क फिल्म फेस्टिभलमा प्रिमियर हुने तयारीमा छ।
  • डे-लुइसले फिल्म रिलिज हुनुभन्दा अघि विज्ञप्ति जारी गर्दै अब अभिनेताको रूपमा काम नगर्ने निजी निर्णय भएको उल्लेख गरेका छन्।

लस एन्जलस । ‘मेथड एक्टिङ’का विश्वचर्चित हलिउड अभिनेता डेनियल डे-लुइस अभिनयमा फर्किएका छन् । यसअघि अभिनयबाट सन्यासको घोषणा गरेका उनी छोराले निर्देशन गरेकोइन्डी ड्रामा फिल्म ‘एनिमोन’बाट फर्किएका हुन् ।

यो फिल्मको ट्रेलर सार्वजनिक भएको छ । भावनात्मक र दर्शकीय मनोविज्ञानलाई रुचिकर लाग्ने फिल्मको पहिलो झलकमा मध्यम उमेरका मानिस (सन बीन) को कथालाई पछ्याउँछ, उत्तरी इङ्गल्याण्डको जंगलमा यात्राको लागि निस्कन्छ, जहाँ ऊ आफ्नो टाढा बसेको सन्यासी भाइ (डे-लुइस)लाई भेट्न खोज्दैछ ।

फोकस फिचर्सको यो फिल्म सेप्टेम्बर २६ देखि अक्टोबर १३ सम्म आयोजना हुने ‘न्यूयोर्क फिल्म फेस्टिभल’मा प्रिमियर हुने तयारीमा छ । यो फिल्मबाट ८ वर्षको ‘अवकास’पछि अभिनेता लुईस फिल्ममा फर्किदैछन् ।

यो फिल्म लुईसका छोरा रोनान डे-लुईसको फिचर निर्देशकीय डेब्यू हो । यसलाई दुवै जनाले सह-लेखन गरेका थिए ।

सन् २०१७ को फिल्म ‘फ्यान्टम थ्रेड’पछि ‘एनिमोन’ डे-लुईसको पहिलो फिचर फिल्म हो । फिल्म रिलिज हुनुभन्दा अघि अभिनेताले एक विज्ञप्ति जारी गरेका थिए : डेनियल डे-लुईस अब अभिनेताको रूपमा काम गर्ने छैनन् । उनी धेरै वर्षदेखि आफ्ना सबै सहयोगीहरू र दर्शकहरूप्रति अत्यन्तै आभारी छन् । यो एक निजी निर्णय हो ।’

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?