+
+
Shares

हिरो ‘जुम’ स्कुटर क्रेज : नाडामा १०० बढी बुकिङ, ‘एक्सपल्स २१०’ ले खिच्यो ध्यान

नाडा अटो शोमा हिरोको स्टल दर्शक तथा सम्भावित ग्राहकको प्रमुख आकर्षणको केन्द्र बनेको छ, जहाँ कम्पनीले आफ्ना चार नयाँ उत्पादन प्रस्तुत गरेर बजारमा नयाँ उत्साह थपेको छ ।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १४:१०

News Summary

Generated by OK AI. Editorially reviewed.
  • हिरो मोटोकर्पले नाडा अटो शो २०२५ मा चार नयाँ दुईपाङ्ग्रे उत्पादन प्रस्तुत गरी बजारमा नयाँ उत्साह थपेको छ।
  • नयाँ स्कुटर जुम १२५ आरको मूल्य ३ लाख ९ हजार ९ सय तोकिएको छ र मेलाको चौथो दिनसम्म १ सयभन्दा बढी युनिट बुकिङ भएको छ।
  • सुपर स्प्लेन्डर बीएस६ एफआई १२५ सीसी फ्युल इन्जेक्टेड इन्जिनसहित २ लाख ६६ हजार ९ सय मूल्यमा बिक्रीमा आएको छ।

८ भदौ, काठमाडौं । राजधानीको भृकुटीमण्डपमा जारी ‘नाडा अटो शो २०२५’ मा विश्वप्रसिद्ध दुई पाङ्ग्रे सवारी निर्माता हिरो मोटोकर्पले आफ्नो बलियो उपस्थिति देखाउँदै धूम मच्चाइरहेको छ ।

शोमा हिरोको स्टल दर्शक तथा सम्भावित ग्राहकको प्रमुख आकर्षणको केन्द्र बनेको छ, जहाँ कम्पनीले आफ्ना चार नयाँ उत्पादन प्रस्तुत गरेर बजारमा नयाँ उत्साह थपेको छ ।

हिरो मोटरसाइकलको नेपालका लागि आधिकारिक वितरक सीजीका प्रतिनिधि कृतन क्षेत्रीका अनुसार यीमध्ये दुई मोडेलको मूल्य सार्वजनिक गरी बिक्री सुरु गरिएको छ भने बाँकी दुई बहुप्रतीक्षित मोडेललाई प्रदर्शनीका लागि राखिएको छ ।

आक्रामक बुकिङ सहित आयो हिरो ‘जुम १२५ आर’

यस पटकको अटो शोमा हिरोको सबैभन्दा चर्चित उत्पादनका रूपमा नयाँ स्कुटर ‘जुम १२५ आर’ देखापरेको छ । सार्वजनिक भएको केही दिनमै यसले बजारमा बलियो पकड बनाइसकेको छ, जसको प्रमाण मेलाको चौथो दिनसम्म १ सयभन्दा बढी युनिट बुकिङ हुनु हो ।

यसको लोकप्रियतालाई पुष्टि गर्दै क्षेत्रीले भने, ‘मेलाको चौथो दिनसम्ममा नै जुम १२५ आरको बुकिङ १ सय युनिट नाघिसकेको छ, यसले बजारमा यो स्कुटरप्रतिको उत्सुकता कति छ भन्ने देखाउँछ ।’

कम्पनीले यसको आकर्षक मूल्य ३ लाख ९ हजार ९ सय रुपैयाँ तोकेको छ, जसले गर्दा यो स्कुटर १२५ सीसी सेग्मेन्टमा एक प्रमुख प्रतिस्पर्धी बनेको छ ।

उनका अनुसार विशेषताका हिसाबले यो स्कुटर निकै उन्नत छ । यसमा १४ इन्चको ठूलो टायर प्रयोग गरिएको छ, जसले सडकमा राम्रो सन्तुलन र आरामदायी यात्रा प्रदान गर्छ ।

यसको नयाँ डिजिटल क्लस्टरले चालकलाई आवश्यक सबै जानकारी स्पष्ट रूपमा देखाउँछ । सबैभन्दा सुविधाजनक विशेषताका रूपमा यसको बाहिरी फ्युल क्याप रहेको छ, जसले पेट्रोल भर्दा सिट खोल्नुपर्ने झन्झटबाट मुक्ति दिन्छ ।

सुरक्षा ध्यानमा राख्दै यदि पेट्रोल क्याप राम्रोसँग बन्द भएन भने यसमा रहेको बिप प्रणालीले चालकलाई सचेत गराउँछ । साथै, ट्राफिक जाममा इन्धन बचत गर्न हिरोको लोकप्रिय आईथ्रीएस (आइडल स्टार्ट–स्टप सिस्टम) प्रविधि पनि यसमा समावेश गरिएको छ ।

यो स्कुटर पहेँलो, रातो, खैरो र निलो गरी चार आकर्षक रङमा उपलब्ध छ ।

नयाँ इन्जिन सहित ‘सुपर स्प्लेन्डर बीएस६ एफआई’

नेपाली बजारमा दशकौंदेखि आफ्नो छुट्टै पहिचान बनाएको र सबैभन्दा रुचाइएको मोटरसाइकलमध्ये एक सुपर स्प्लेन्डरलाई हिरोले अब अझ शक्तिशाली र आधुनिक बनाएर प्रस्तुत गरेको छ । नयाँ ‘सुपर स्प्लेन्डर बीएस६ एफआई’ मा १२५ सीसीको फ्युल इन्जेक्टेड (एफआई) इन्जिन जडान गरिएको छ, जसले उत्कृष्ट माइलेजका साथै राम्रो पर्फर्मेन्स दिने कम्पनीको दाबी छ ।

आफ्नो विश्वसनीयता र दमदार प्रदर्शनका लागि परिचित यो मोडेलको नयाँ संस्करणको मूल्य २ लाख ६६ हजार ९ सय तोकिएको छ, जसले यसलाई पारिवारिक तथा दैनिक प्रयोगका लागि एक उत्कृष्ट विकल्प बनाएको क्षेत्रीको भनाइ छ ।

भविष्यका स्टार : ‘एक्सपल्स २१०’ र ‘जुम १६०’

हिरोको स्टलमा मूल्य सार्वजनिक नगरिएका तर सबैभन्दा बढी ध्यान खिच्न सफल दुई मोडेल ‘एक्सपल्स २१०’ र ‘जुम १६०’ रहेका छन्। यी दुई मोडेल हेर्नकै लागि स्टलमा भिड लागेको छ ।

हिरो एक्सपल्स २१० लाई कम्पनीले ‘मोस्ट अवेटेड बाइक’ का रूपमा प्रस्तुत गरेको छ । यसको डिजाइन पूर्णरूपमा नयाँ र आक्रामक छ । अफ–रोड यात्रा ध्यानमा राख्दै यसमा लिंक सस्पेन्सन जडान गरिएको छ, जसले खाल्डाखुल्डी र अप्ठ्यारो बाटोमा पनि आरामदायी यात्रा सुनिश्चित गर्ने कम्पनीको दाबी छ ।

यसको टीएफटी डिस्प्लेले जस्तोसुकै प्रकाशमा पनि बाइकको गति, राइडिङ मोड र अन्य जानकारी स्पष्ट देखाउँछ । चालकले आफ्नो आवश्यकता अनुसार अफ–रोड, रोड र ट्रेल गरी तीन फरक राइडिङ मोडहरू छनोट गर्न सक्छन् र एबीएस प्रणालीलाई अन वा अफ पनि गर्न सक्छन्, जसले चालकलाई बाइकमाथि पूर्ण नियन्त्रण प्रदान गर्छ ।

त्यसैगरी हिरो जुम १६० म्याक्सी–स्कुटर सेग्मेन्टमा हिरोको नयाँ प्रवेश हो । यो विशेषगरी लामो दुरीको यात्रा अर्थात् टुरिङका लागि डिजाइन गरिएको हो, जसले आरामदायी र शक्तिशाली यात्रा अनुभव दिने छ । यसको मूल्य भने कम्पनीले पछि सार्वजनिक गर्ने जनाएको छ ।

ग्राहकका लागि विशेष अफर र सुविधा

ग्राहकलाई आकर्षित गर्न हिरोले नाडामा बुकिङ गर्नेहरूका लागि अल्टिमाको इयरबड्स निःशुल्क उपहारको व्यवस्था गरेको छ । बिक्रीपछिको सेवा प्राथमिकतामा राख्दै कम्पनीले आफ्ना सबै उत्पादनमा पाँच वर्षको इन्जिन वारेन्टी प्रदान गर्दछ ।

त्यस्तै, वार्षिक मर्मत सम्झौता (एएमसी) मार्फत ग्राहकले स्पेयर पाट्र्स र सर्भिसिङमा विशेष छुट प्राप्त गर्न सक्नेछन्, जसले गर्दा गाडी सञ्चालन खर्च कम हुने कम्पनीको भनाइ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?