+
+
Shares

सेयर कारोबारमा टप १० ब्रोकरको हिस्सा ४४ प्रतिशत, यस्तो छ किनबेच

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ८ गते १७:३९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • आइतबार सेयर बजारमा कुल कारोबार ६ अर्ब ५४ करोड रुपैयाँ पुगेको छ।
  • टप १० ब्रोकर कम्पनीले कुल कारोबारको ४४.८ प्रतिशत हिस्सा ओगटेको छ।
  • टप १० ब्रोकरमार्फत खरिद २ अर्ब ७६ करोड र बिक्री ३ अर्ब १० करोड रुपैयाँ भएको छ।

८ भदौ, काठमाडौं । आइतबार सेयर बजारमा भएको कुल कारोबारमा टप १० ब्रोकर कम्पनीको हिस्सा ४४.८ प्रतिशत रह्यो ।

आज कुल ६ अर्ब ५४ करोडको कारोबार भयो। टप १० ब्रोकरमार्फत मात्रै २ अर्ब ७६ करोड रुपैयाँको खरिद हुँदा ३ अर्ब १० करोड रुपैयाँको बिक्री भयो । टप १० ब्रोकर कम्पनीमार्फत खरिदभन्दा बिक्री ३४ करोड रुपैयाँ बढी देखिएको छ ।

चार ब्रोकर कम्पनीमार्फत बिक्री बढी हुँदा ६ मार्फत खरिद बढी भएको छ । भिजन, नासा, श्रीहरि, अनलाइनमार्फत बिक्री बढी भएको छ । त्यस्तै सनी, डायनामिक, इम्पेरियल, आर्यतारा, त्रिशक्ति र दिपशिखामार्फत खरिद बढी भएको छ ।

टप १० ब्रोकरमार्फत आज धेरै कारोबार भएका कम्पनीमा हिमालयन डिस्टिलरी, नेपाल पुनर्बीमा, हिमालयन रिइन्स्योरेन्स, शिवम् सिमेन्ट, बुटवल पावर, चन्द्रागिरि हिल्स, एनआरएन इन्फ्रास्ट्रक्चर लगायत कम्पनी अगाडि रहे ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?