+

ब्राजिलियन मायरा भिटोरिया कर्णाली यशविसमा अनुबन्धित

२०८२ भदौ  ९ गते ११:१० २०८२ भदौ ९ गते ११:१०
ब्राजिलियन मायरा भिटोरिया कर्णाली यशविसमा अनुबन्धित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • कर्णाली यशविसले एभरेस्ट महिला भलिबल लिग दोस्रो सिजनका लागि ब्राजिलियन खेलाडी आना फ्लाभिया र मायरा भिटोरियालाई अनुबन्ध गरेको छ।
  • एभरेस्ट महिला भलिबल लिग दोस्रो संस्करण भदौ २० देखि २८ गतेसम्म इन्फिनिटी ड्रिम्सको आयोजनामा सञ्चालन हुने छ।
  • कर्णाली यशविसले पहिलो संस्करणको उपाधि रक्षा गर्ने लक्ष्यसहित ब्रान्ड एम्बेसडर राजेश हमाल र प्रशिक्षक कुमार राईलाई निरन्तरता दिएको छ।

९ भदौ, काठमाडौं । एभरेस्ट महिला भलिबल लिग (इडब्लुभिएल)को दोस्रो सिजनका लागि कर्णाली यशविसले धमाधम विदेशी खेलाडी अनुबन्ध गरिरहेको छ ।

ब्राजिलियन खेलाडी आना फ्लाभियालाई अनुबन्धित गरेको गरेको केही दिन भित्रै अर्की चर्चित ब्राजिलका महिला भलिबल खेलाडी मायरा भिटोरियालाई अनुबन्ध गरेको छ ।

इन्फिनिटी ड्रिम्सको आयोजनामा आगामी भदौ २० गतेदेखि २८ गतेसम्म चल्ने दोस्रो संस्करणको एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसले सेटर आना फ्लाभिया र आउटसाईड हिटर मायरा भिटोरियालाई अनुबन्धित गरेको हो।

पहिलो संस्करणको विजेता कर्णाली यशविसले दोस्रो संस्करणमा उपाधि रक्षा गर्ने लक्ष्यसहित लागि ब्राजिलका महिला भलिबल खेलाडीहरू अनुबन्ध गरेको हो ।

यसअघि कर्णाली यशविसले महानायक राजेश हमाललाई आफ्नो ब्रान्ड एम्बेसडरको रूपमा अनुबन्धित गरिसकेको छ भने प्रशिक्षकको रूपमा कुमार राई र मार्की खेलाडी सुमित्रा रेग्मीलाई यो वर्ष पनि निरन्तरता दिएको छ ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय