+

साफ यू–१७ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी

२०८२ भदौ  ९ गते १३:०० २०८२ भदौ ९ गते १३:००
साफ यू–१७ च्याम्पियनसिपका लागि बन्द प्रशिक्षणबाट बाहिरिए १० खेलाडी

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १० जना बाहिरिएका छन्।
  • मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले ३५ खेलाडीलाई दोस्रो चरणको प्रदर्शनमा निरन्तरता दिएको छ।
  • नेपालले सेप्टेम्बर १५ मा श्रीलंकासँग र सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।

९ भदौ, काठमाडौं । साफ यू–१७ च्याम्पियनसिपका लागि नेपाली टोलीको बन्द प्रशिक्षणमा रहेका ४५ खेलाडीमध्ये १० जना खेलाडी बाहिरिएका छन्।

मुख्य प्रशिक्षक सञ्जीत श्रेष्ठले ३५ जना खेलाडीलाई दोस्रो चरणको प्रशिक्षणमा निरन्तरता दिँदा १० खेलाडीले स्थान बनाउन सकेनन् ।

आगामी सेप्टेम्बर १५ देखि २७ सम्म श्रीलंकाको कोलम्बोमा हुने प्रतियोगितामा नेपाल समूह ‘ए’ मा परेको छ।

नेपालले पहिलो खेल सेप्टेम्बर १५ मा आयोजक श्रीलंकासँग तथा दोस्रो खेल सेप्टेम्बर १८ मा बंगलादेशसँग खेल्नेछ।

समूह ‘बी’ मा भारत, माल्दिभ्स, पाकिस्तान र भुटान रहेका छन्। सेमिफाइनल खेलहरू सेप्टेम्बर २५ मा र फाइनल खेल सेप्टेम्बर २७ मा हुनेछन्।

प्रशिक्षणमा बाँकी ३५ खेलाडी : समिर कुमार, निश कुमार श्रेष्ठ, गोविन्द बिष्ट, पेम्बा तामाङ, दिग विजय शाही, कृश भण्डारी, सृजन श्रेष्ठ, प्रतिश थापा, निश्चल मगर, योहाना लिम्बु, अनोज खड्का, समर्पण सुनार, रुपेश भुजेल, सुसान्त राना, राम थामी, प्रशान्त लिम्बु, अनमोल कार्की, युनिश बस्नेत, नसीब हेन्जन, भूपेश लामा, लक्ष्मण थामी, दिपेन कार्की, आदित्य राना मगर, प्रशान्त मोक्तान, धिरज रावल, मौसम रोकाया, विनायक थारु, सुसान मगर, भुवन कामी, सुजन स्याङ्तान, रोहित श्रेष्ठ, पेम्बा नोर्बु भोते, राम बोहोरा, दिप्सन परियार, विशेष बानियाँ

साफ यू–१७ च्याम्पियनसिप

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय