+

सन्दीपको ह्‍याट्रिकसहित ५ विकेटमा नेपालले एसीटीलाई हरायो

२०८२ भदौ  १० गते ९:२१ २०८२ भदौ १० गते ९:२१
सन्दीपको ह्‍याट्रिकसहित ५ विकेटमा नेपालले एसीटीलाई हरायो

१० भदौ, काठमाडौं । लेगस्पीनर सन्दीप लामिछानेले ह्‍याट्रिकसहित ५ विकेट लिएपछि नेपाली क्रिकेट टोलीले पहिलो अभ्यास टी-२० खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरी (एसीटी)लाई पराजित गरेको छ ।

नेपालले एसीटीलाई ४१ रनले पराजित गरेको हो । नेपालले दिएको १७८ रनको लक्ष्य पछ्याएको एसीटी १७.२ ओभरमा १३६ रनमा अलआउट भयो ।

एसीटीका लागि जेक स्मिथले सर्वाधिक ५० तथा जाक के‌घले २५ रन बनाए । काइ ब्रंकरले अन्त्यतिर केही आकर्षक शटहरू खेल्दै २६ रनमा अविजित रहे ।

नेपालका लागि सन्दीपले ४ ओभरमा ३१ रन दिएर ५ विकेट लिए । त्यस्तै करण केसीले २ तथा कुशल भुर्तेल र रुपेश सिंहले समान १ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको नेपालले २० ओभरमा ८ विकेट गुमाएर १७७ रन बनाएको थियो ।

नेपालका लागि ओपनर आसिफ शेखले सर्वाधिक ३८ बलमा ४ चौका र ५ छक्कासहित ६९ रन बनाए । कप्तान रोहित पौडेलले ३६ रन बनाए ।

नेपालले यस खेल सकिएलगत्तै आजै दोस्रो टी-२० पनि खेल्नेछ भने त्यसपछि २८ र ३० अगस्टमा साउथ अस्ट्रेलियाको टिमसँग पनि २ टी-२० र एक वान डे खेल खेल्नेछ ।

टप एन्ड टी-२० सिरिजमा पनि नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय