
१० भदौ, काठमाडौं। विनोदकुमार शर्माको नेतृत्वमा रहेको नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विघटनको माग गर्दै सर्वोच्च अदालतमा रिट दायर भएको छ ।
रेडक्रसको अन्तराष्ट्रिय निकाय आइएफआरसीले निलम्बन गरेको समितिका अध्यक्ष डा.सुदर्शन नेपालपक्षले वर्तमान समिति गैरकानूनी भएको जिकिर रिट दायर गरेको हो । न्यायाधीश नित्यानन्द पाण्डेयको इजलासमा आज सुनुवाइ भइरहेको छ ।
नेपाली कांग्रेस र एमाले वीचमा भागवण्डा गरेर वर्तमान सरकारले ९ सदस्यीय तदर्थ समिति बनाएको थियो । त्यसविरुद्ध अघिल्लो समितिले प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालय, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, समाज कल्याण परिषद्, तदर्थ समितिका पदाधिकारीलगायतलाई प्रतिवादी बनाएर रिट दायर गरेका हुन् ।
वर्तमान तदर्थ समितिलाई विधान संशोधन गर्न र ३ महिनाभित्र चुनाव गर्न सरकारले कार्यादेश दिएको थियो । डा. नेत्र तिम्सिनाको कार्यकालदेखि नेपाल रेडक्रस सोसाइटी तदर्थ समितिमा चल्दै आएको छ ।
प्रतिक्रिया 4