+
+
Shares

जापानमा बन्यो अनौठो ‘एन्टी चिटिङ ब्रा’, फिङ्गरप्रिन्टले मात्र खुल्ने

नारीद्वेषी जस्तो लाग्ने यो प्रडक्टको नाम एन्टी चिटिङ्ग ब्रा राखिएको छ । इन्स्टाग्राममा उक्त भिडियो लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले यो बजारमा उपलब्ध वास्तविक ब्रा नै हो कि भन्ने ठानेका छन्।

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १० गते १७:५५

काठमाडौं । सोसल मिडियामा पछिल्ला दिनमा एउटा अनौठो भिडियो भाइरल बनिरहेको छ । उक्त भिडियोमा दाबी गरिए अनुसार जापानमा एउटा यस्तो ब्रा बनेको छ, जो केवल फिंगरप्रिन्टले मात्र खुल्दछ ।

नारीद्वेषी जस्तो लाग्ने यो प्रडक्टको नाम एन्टी चिटिङ्ग ब्रा राखिएको छ । इन्स्टाग्राममा उक्त भिडियो लाखौँ मानिसले हेरिसकेका छन् र धेरैले यो बजारमा उपलब्ध वास्तविक ब्रा नै हो कि भन्ने ठानेका छन्।

भिडियो फूटेजमा एक हातमा ब्रा को फित्ता अड्काउने क्लास्प देखिन्छ । उक्त हुक त्यसबेला सम्म लक रहन्छ, जबसम्म त्यसमा जोडिएको डिभाइसमा फिंगरप्रिन्ट लगाइँदैन । जब सही तरिकाले हुकसँगै राखिएको सेन्सरमा फिंगरप्रिन्ट स्क्यान गरिन्छ, तबमात्रै ब्राको फित्ता खुल्दछ । यसको उक्त प्रविधिका कारण कतिपयले यसलाई टच आइडी ब्रा पनि भनेका छन् ।

भिडियोमा साँच्चिकै बजारमा उपलब्ध भएको जस्तै गरी प्रस्तूत गरिएको यो ब्रा वास्तविकता भने फरक छ । यो कुनै बजारमा बिक्रीका लागि राखिएको ब्रा होइन । एकजना जापानी व्यक्तिले यो चिज बनाएका हुन् । स्नोप न्यूज वेबसाइटका अनुसार उक्त ब्रा तयार गर्ने युजी आइजावा (ZAWAWORKS) ले आफूलाई भ्रामक आविष्कारकको नामले चिनाउँछन् ।

आइजावाले हास्यास्पद तथा काल्पनिक खालका ग्याजेटहरु बनाउँछन्, जो वास्तविक प्रयोगका लागि नभई केवल प्रोटोटाइपको रुपमा मात्र देखाइन्छ । त्यसैले यो ब्रा पनि एउटा ठट्यौली अवधारणा थियो ।

फिंगरप्रिन्टले खुल्ने ब्राको उक्त भिडियो पहिलोपटक उनी आइजावाले गतवर्षको जुलाई १९ मा सोसल मिडिाय प्लाटफर्म एक्समा पोस्ट गरेका थिए ।

भिडियो पोस्ट गर्दै उनले लेखेका थिएः मैले चिटिङ रोक्नका लागि फिंगरप्रिन्ट पहिचान गरी खुल्ने ब्रा बनाएको छु । अब केवल तपाइँको ब्वायफ्रेण्डले मात्रै यो खोल्न सक्नेछ ।

उक्त ब्रामा आफूले M5Stack नामक फिंगरप्रिन्ट किटको प्रयोग गरेको उनको भनाइ छ । तर पछि उनले उक्त ब्रा केवल एउटा प्रोटोटाइप मात्र रहेको र आफ्नो उद्देश्य केवल मानिसहरुलाई हँसाउनु रहेको बताए ।

आविष्कारक आइजावाले जापानमा विभिन्न कमेडी शो र प्रदर्शनीहरुमा आफ्ना अनौठा आविष्कारहरु प्रदर्शन गर्ने गर्दछन् । उनका वेबसाइटमा यस्ता कैयन् अनौठा तथा काल्पनिक खालका आविष्कारहरु छन् ।

आइजावाको एन्टी चिटिङ ब्रा निकै आलोचित पनि बनेको छ । यसलाई महिला विरोधी भनेर सोसल मिडियामा विरोध गरेका छन् । उक्त ब्रा ले आविष्कारकको महिलाप्रतिको तल्लो स्तरको सोँचलाई उजागर गरेको र उनले जानीबुझीकन महिलालाई तल पार्नका लागि यस्तो खालको प्रडक्ट बनाएको कतिपयको आरोप छ । एजेन्सीको सहयोगमा

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?