+
+
Shares

माउन्टेन ड्यु पिउँदा उपभोक्ता बिरामी, प्रयोगशाला रिपोर्ट नआएसम्म बिक्री रोक्का

बजारबाट उत्पादन फिर्ता लिन निर्देशन

खाद्य विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले माउन्टेन ड्यु उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिमा तत्काल अनुगमन गरी छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

अनलाइनखबर अनलाइनखबर
२०८३ वैशाख ३१ गते १८:५७

News Summary

Generated by OK AI. Editorially reviewed.
  • खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले काठमाडौं तारकेश्वरका उपभोक्तामा माउन्टेन ड्यु पिउनासाथ बान्ता हुने घटनापछि बरुण बेभरेज (नेपाल) प्रालिमा अनुगमन सुरु गरेको छ।
  • विभागले ब्याच नम्बर १६८, उत्पादन मिति ०३/०४/२६ को माउन्टेन ड्युमा समस्या देखिएपछि नमुना संकलन गरी प्रयोगशालामा परीक्षणका लागि पठाएको छ।
  • बरुण बेभरेजलाई उक्त ब्याचको कच्चापदार्थ विवरण र खाद्य स्वच्छता अभिलेख ५ दिनभित्र पेश गर्न र बिक्री वितरण रोक्न निर्देशन दिइएको छ।

३१ वैशाख, काठमाडौं । काठमाडौं तारकेश्वर नगरपालिका बस्ने एक उपभोक्ता माउन्टेन ड्यु पिउनासाथ बान्ता भई बिरामी परेको घटना बाहिरिएपछि खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले उत्पादक कम्पनीमाथि कडा निगरानी र कारबाही सुरु गरेको छ ।

सामाजिक सञ्जालमा उक्त घटनाको भिडियो सार्वजनिक भएलगत्तै विभागको ‘र्‍यापिड रेस्पोन्स टिम’ ले माउन्टेन ड्यु उत्पादक कम्पनी बरुण बेभरेज (नेपाल) प्रालिमा तत्काल अनुगमन गरी छानबिन प्रक्रिया अगाडि बढाएको हो ।

विभागले गरेको अनुगमन क्रममा उपभोक्ताले सेवन गरेको पेय पदार्थ ब्याच नम्बर १६८ र उत्पादन मिति ०३/०४/२६ को २५० मिलिलिटर प्याकको माउन्टेन ड्यु रहेको पुष्टि भएको छ ।

टोलीले उद्योगको गोदाम निरीक्षण गर्दा सोही ब्याचको १ क्रेट (२४ बोतल) मात्र बाँकी रहेको र अन्य उत्पादन यसअघि नै बजार पठाइसकिएको फेला पारेको छ ।

उक्त ब्याचको उत्पादनमा कैफियत देखिएपछि विभागले थप अनुसन्धानका लागि गोदामबाट नमुना संकलन गरी प्रयोगशालामा विश्लेषणका लागि पठाएको छ ।

खाद्य स्वच्छता तथा गुणस्तर ऐन २०८१ बमोजिम विभागले बरुण बेभरेजलाई उक्त ब्याचको उत्पादनमा प्रयोग भएको कच्चापदार्थको विस्तृत विवरण र खाद्य स्वच्छता सम्बन्धी सम्पूर्ण अभिलेख ५ दिनभित्र विभागमा पेस गर्न निर्देशन दिएको छ ।

साथै, प्रयोगशालाको अन्तिम विश्लेषण प्रतिवेदन प्राप्त नभएसम्म ब्याच नम्बर १६८ का कुनै पनि उत्पादन बिक्री वितरण नगर्न र यसको जानकारी सम्बन्धित डिलरहरूलाई समेत गराउन विभागले कम्पनीलाई निर्देशन दिएको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?