News Summary
Generated by OK AI. Editorially reviewed.- उमेर बढ्दै जाँदा सिनोभियल फ्लुइडको मात्रा कम भएर घुँडामा कठोरता र दुखाइ बढ्छ।
बढ्दो उमेरसँगै शरीरमा धेरै परिवर्तनहरू हुन्छन् । उमेर बढ्दै जाँदा हाम्रा जोर्नीहरूको लचकता र बलियोपन बिस्तारै कम हुँदै जान्छ जसले गर्दा हातखुट्टा दुख्ने समस्या हुन्छ ।
घुँडाका जोर्नीहरूमा रहेको लुब्रिकेसन जसलाई सिनोभियल फ्लुइड भनिन्छ, यसले हड्डीहरूलाई घर्षण हुनबाट जोगाउँछ र गतिविधिलाई सहज बनाउँछ । तर, उमेर बढ्दै जाँदा यो फ्लुइडको मात्रा कम हुँदै जान्छ, जसले गर्दा घुँडामा कठोरता, दुखाइ र हिँडडुलमा कठिनाइ बढ्छ ।
यो कमी केवल उमेरको प्रभाव मात्र होइन, बरु जीवनशैली, पोषण र बढ्दो तौल पनि यसका कारणहरू हुन् । यदि समयमै सही उपायहरू अपनाइएन भने, यो अवस्था ओस्टियोआर्थ्राइटिस जस्ता गम्भीर समस्याको रूप लिन सक्छ ।
उमेरसँगै घुँडाको लुब्रिकेसन किन कम हुन्छ ? यसबाट बच्न के गर्न सकिन्छ ?
सिनोभियल फ्लुइडको कम उत्पादन
उमेर बढ्दै जाँदा शरीरका जोर्नीहरूमा प्राकृतिक रूपमा लुब्रिकेन्ट फ्लुइडको निर्माण सुस्त हुन्छ । यो फ्लुइडले हड्डीहरूबीचको घर्षण रोक्छ र यसको कमीले गतिविधिमा बाधा र दुखाइ महसुस हुन्छ ।
कार्टिलेजको घर्षण र क्षति
जोर्नीहरूबीच रहेको कार्टिलेजले कुशन (बचाव) को रूपमा काम गर्छ । उमेरसँगै यो घिस्रिन्छ, जसले हड्डीहरू एकअर्कासँग ठोक्किन्छन् र लुब्रिकेशनको आवश्यकता झन् बढ्छ ।
पोषणको कमी र डिहाइड्रेसन
प्रोटिन, ओमेगा–३ फ्याटी एसिड र हायलुरोनिक एसिड जस्ता पोषक तत्वहरू जोर्नीको स्वास्थ्यका लागि आवश्यक छन् । यिनको कमी र पर्याप्त पानी नपिउँदा सिनोभियल फ्लुइडको स्तर घट्छ ।
तौल र निस्क्रिय जीवनशैली
अत्यधिक तौलले घुँडामा धेरै दबाब दिन्छ, जसले लुब्रिकेसन छिटो कम हुन्छ । त्यस्तै, लामो समयसम्म निस्क्रिय रहँदा सिनोभियल फ्लुइडको सञ्चार कम हुन्छ र जोर्नीहरू कठोर हुन्छन् ।
घुँडामा लुब्रिकेसनको कमीबाट कसरी बच्ने ?
-प्रोटिन र ओमेगा–३ युक्त खाना खाने । सोयाबिन, दाल, ओखर जस्ता खाद्यपदार्थहरू जोर्नीका लागि फाइदाजनक हुन्छन् ।
-पर्याप्त पानी पिउने । डिहाइड्रेसनले सिनोभियल फ्लुइडको स्तर घटाउन सक्छ, त्यसैले दैनिक पर्याप्त पानी पिउनुपर्छ ।
नियमित व्यायाम गर्ने
-हिँड्ने, साइकल चलाउने र स्ट्रेचिङ गर्ने जस्ता गतिविधिले जोर्नीमा रक्तसञ्चार र फ्लुइड उत्पादनमा सुधार गर्छ ।
-तौल नियन्त्रणमा राख्ने । अत्यधिक तौलले घुँडामा दबाब दिन्छ र लुब्रिकेसनलाई छिटो कम गर्छ ।
प्रतिक्रिया 4