
११ भदौ, काठमाडौं । प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) ले १५ वर्षअघिको अपहरण र बलात्कार मुद्दाका फरार दुई अभियुक्तलाई पक्राउ गरेको छ ।
पक्राउ पर्नेहरूमा दाङको साविक पुरहरि गाविस–८ का यादव टण्डन र सोही ठाउँका चन्द्रबहादुर बीएम बुढामगर छन् ।
उनीहरूलाई काठमाडौंबाट पक्राउ गरिएको सीआईबीका प्रवक्ता तथा एसपी युवराज खड्काले जानकारी दिए ।
उनीहरूले १५ असार २०६७ मा तुलसीपुरबाट एक युवतीलाई जबरजस्ती अपहरण गरी दाङकै पात्लु खोला बगरमा लगेर बलात्कार गरेका थिए । यो घटनामा उनीहरूलाई अदालतले दोषी किटान समेत गरेको थियो ।
टण्डनलाई १६ वर्ष कैद र बुढामगरलाई ६ वर्ष कैद सजाय अदालतले सुनाएको थियो । फैसला कार्यान्वयका लागि उनीहरूलाई अदालत पेस गर्ने तयारी गरिएको छ ।
प्रतिक्रिया 4