+
+
Shares

बारामा पनि देखियो हैजा संक्रमण

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:२५
फाइल तस्वीर

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बाराको कलैया अस्पतालमा उपचाररत ५५ वर्षीय पुरुषमा हैजाको संक्रमण पुष्टि भएको छ।
  • संक्रमित पुरुष वीरगञ्जमा काम गर्दै घर आउजाउ गर्दै आएका थिए र झाडापखलाको समस्या देखिएपछि अस्पताल भर्ना भएका थिए।
  • स्वास्थ्य कार्यालयले बाराका सीमावर्ती पालिकामा निगरानी बढाएको र जनचेतना फैलाउने काम गरिरहेको छ।

११ भदौ, काठमाडौं । बारामा पनि एक जनामा हैजाको संक्रमण पुष्टि भएको छ ।

जिल्ला स्वास्थ्य कार्यालय बाराका प्रमुख रामनरेश यादवका अनुसार कलैया अस्पतालमा उपचाररत एक जना झाडापखालका बिरामीमा बुधबार हैजा संक्रमण पुष्टि भएको हो । उनी कलैया कलैया नगरपालिका-१८ पचौराका करिब ५५ वर्षीय पुरुष हुन् ।

उनी हैजाको प्रकोप फैलिएको छिमेकी जिल्ला पर्साको वीरगञ्जमा काम गर्दै आइरहेका छन् । घरबाटै उनी काम गरेर आउजाउ गर्दै आइरहेका थिए । तर आइतबार अचानक झाडापखलाको समस्या देखिएपछि उनी उपचारका लागि कलैया अस्पतालमा भर्ना भएका थिए ।

यादवका अनुसार उनीमा हैजा संक्रमण पुष्टि भएसँगै उनको गाउँघरमा स्वास्थ्यकर्मी पठाएर अरू व्यक्तिमा झाडापखलाको लक्षण छ कि छैन भनेर अनुगमन गर्ने काम भएको छ । साथै स्वास्थ्यकर्मीको टोलीले झाडापखला र हैजा संक्रमणबारे जनचेतना फैलाउने काम गरिएको उनले बताए ।

यसैगरी वीरगञ्जसँग सीमा जोडिएका बाराका पालिकाहरूमा पनि स्वास्थ्य कार्यालयले स्थानीय तहहरूसँग समन्वय गरी निगरानी बढाएको उनले बताए ।

यादवका अनुसार विशेष गरी वीरगञ्जसँग सीमा जोडिएका बाराको विश्रामपुर, पर्सौनी, परवानीपुर र फेटा गाउँपालिकामा निगरानी बढाउने काम भएको छ ।

एक जनामा हैजा संक्रमण पुष्टि हुनेबित्तिकै डराइ हाल्नुपर्ने अवस्था नरहेको उनले बताए ।

वीरगञ्जमा प्रकोपको रूप लिएको हैजा संक्रमण पर्साको पोखरिया नगरपालिकामा समेत फैलिसकेको छ । पोखरिया अस्पतालमा झाडापखलाका लक्षण देखिएका पाँच जना बिरामीको परीक्षण गर्दा मंगलबार तीन जनामा हैजा संक्रमण पुष्टि भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?