+
+
Shares

सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीतिमा छ : अध्यक्ष दाहाल

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ ११ गते १७:२६
फाइल फोटो

News Summary

Generated by OK AI. Editorially reviewed.
  • राष्ट्रियसभा अध्यक्ष नारायणप्रसाद दाहालले राजनीतिक क्षेत्रमा सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता रहेको टिप्पणी गरेका छन्।
  • उनले राजनीतिक क्षेत्रमा सदाचार नीति अभावकै कारण देशले गति लिन नसकेको उल्लेख गरे।
  • दाहालले राजनीतिक मुहान सफा गर्नेगरी सदाचार नीति आवश्यक रहेको र यसले अन्य क्षेत्रमा सुधार ल्याउने विश्वास व्यक्त गरे।

११ भदौ, काठमाडौं । राष्ट्रिय‍सभा अध्यक्ष नारायणप्रसाद दाहालले सदाचार नीतिको सबैभन्दा धेरै आवश्यकता राजनीति क्षेत्रमा रहेको टिप्पणी गरेका छन् ।

बुधबार सिंहदरबारमा बसेको विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठकमा राष्ट्रिय सदाचार नीतिको मस्यौदामाथिको छलफलमा बोल्दै उनले राजनीतिक क्षेत्रमा सदाचार नीति अभावकै कारण देशले गति लिन नसकेको बताए ।

‘अहिले हामीले देशले गति लिएको छ भन्न सकेनौं । हाम्रो देशमा सबै हिसाब किताबले सबैभन्दा धेरै सदाचार नीति राजनीतिमा चाहिएको छ‘ उनले भने, ‘राजनीतिमा सदाचार नीति कार्यान्वयन कायम गर्न सकियो यसबाट सञ्चालन हुने अरू कुराहरूमा पनि सही हुन्छ ।‘

राजनीतिक क्षेत्रमा सदाचार कायम गर्न सके अन्य क्षेत्रहरूमा स्वतः सुधार हुँदै जाने उनको विश्वास छ । उनले राजनीतिक मुहान नै सफा गर्नेगरी सदाचार नीति आवश्यक रहेको बताए ।

‘अहिले मुहान नै सफा गर्नुपर्ने स्थितिमा हामी छौं । अहिले जुन जोगी आएपनि कानै चिरेको जस्तो स्थितिमा पुग्यो नि यो देश‘ उनले भने, ‘घरमा घरमुलीले परिवारलाई अर्तिबुद्धि दिँदै जाने तर रक्सीको गिलास अगाडि राखेर चुरोटको सर्को तान्दै गर्ने जस्तो भयो भने बिग्रिन्छ । अहिले भएको त्यही हो ।’

सदाचार नीतिलाई थप समृद्ध बनाउन कार्यान्वयन गर्ने सरोकारवालाहरूलाई बोलाएर छलफल गरेर निष्कर्ष निकाल्न उनको आग्रह छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?