+
+
Shares

अस्करको नेपाल कमिटीले माग्यो फिल्म, के छन् मापदण्ड ?

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १२ गते १२:४८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अस्कर अवार्डको नेपाल कमिटीले भदौ २० गतेभित्र आवेदन दिन आग्रह गरेको छ।
  • अस्करको ‘इन्टरनेसनल फिचर’ विधामा अक्टोबर १, २०२४ देखि सेप्टेम्बर ३०, २०२५ सम्म सार्वजनिक प्रदर्शनमा आएका नेपाली फिल्म मात्र योग्य हुनेछन्।
  • आवेदन दिने फिल्मले चलचित्र जाँचको प्रमाणपत्र र कम्तीमा ७ दिन सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने विज्ञापन वा समाचार कटिङ्हरू पेश गर्नुपर्नेछ।

काठमाडौं । अस्कर अवार्डको नेपाल कमिटीले आवेदन आह्वान गरेको छ । विज्ञप्ति जारी गर्दै विमल पौडेल नेतृत्वको कमिटीले भदौ २० गतेभित्र आवेदन दिन आग्रह गरेको छ ।

अस्करको ‘इन्टरनेसनल फिचर’ विधाको लागि गरिएको आह्वानमा सहभागी हुन केही मापदण्ड पनि तोकिएको छ ।

जसमा, सहभागी हुन अक्टोबर १, २०२४ (२०८१ असोज १५) देखि सेप्टेम्बर ३०, २०२५ (२०८२ असोज १४) सम्म सार्वजनिक प्रदर्शनमा आएका वा आउने नेपाली फिल्म योग्य हुनेछन् ।

यसवर्षको अस्कर अवार्ड सन् २०२६ मार्च १५ मा अमेरिकाको लस-एन्जलसमा आयोजना हुँदैछ ।

समितिका अनुसार आवेदन दिने फिल्मले चलचित्र जाँचको प्रमाणपत्र, कम्तीमा ७ दिन सार्वजनिक प्रदर्शन भएको प्रमाणित गर्ने विज्ञापन वा समाचार कटिङहरूसहित अन्य प्राविधिक मापदण्ड प्रमाणित गर्नुपर्नेछ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?