+

साउथ अस्ट्रेलियासँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको हार

२०८२ भदौ  १२ गते १३:५० २०८२ भदौ १२ गते १३:५०
साउथ अस्ट्रेलियासँगको दोस्रो अभ्यास खेलमा पनि नेपालको हार

१२ भदौ, काठमाडौं । नेपाल साउथ अस्ट्रेलिया (एसए)सँगको दोस्रो अभ्यास टी-२० खेलमा पनि पराजित भएको छ । बिहीबार भएको दोस्रो अभ्यास खेलमा नेपाल ३ रनले पराजित भएको हो ।

साउथ अस्ट्रेलियाले दिएको १६१ रनको लक्ष्य पछ्याएको नेपाल २० ओभरमा १५७ रनमा अलआउट भयो ।

रुपेश सिंहले १९ बलमा ३७ रन तथा लोकेश बमले २६ बलमा ३२ रन बनाए। नेपाल ८२-६ को अवस्थामा हुँदा यी दुई मिलेर अर्धशतकीय साझेदारी गरेपनि जित दिलाउन सकेनन् ।

रुपेश र लोकेश दुवै १९औं ओभरमा क्याच आउट भएका थिए । अन्तिम ओभरमा १३ रन आवश्यक हुँदा करण केसी स्ट्राइकमा भएपनि उनी पनि क्याचआउट भए । त्यसपछि शाहब आलमले एक चौका प्रहार गरेर अन्तिम बलमा ४ रन आवश्यक हुँदा शाहब बोल्ड भए ।

त्यसअघि पहिले ब्याटिङ गरेको साउथ अस्ट्रेलियाले २० ओभरमा ८ विकेट गुमाएर १६० रन बनाउँदै नेपाललाई १६१ रनको लक्ष्य दिएको थियो ।

साउथ अस्ट्रेलियाका रायन किङले सर्वाधिक ३९ रन बनाए । डानियल ड्रिउ र ह्‍यारी मानेन्तीले समान २९ रन बनाए ।

नेपालका करण केसी, शाहब आलम र रुपेश सिंहले २-२ विकेट लिँदा कुशल भुर्तेल र करण केसीले १-१ विकेट लिए ।

यसअघि आजै विहान भएको पहिलो अभ्यास खेलमा नेपाल ३ विकेटले पराजित भएको थियो ।

टप एन्ड टी-२० सिरिज समाप्त भएपछि नेपालले मंगलबार भएको दुवै अभ्यास खेलमा अस्ट्रेलियन क्यापिटल टेरिटोरीलाई हराएको थियो ।

टप एन्ड टी-२० सिरिजमा नेपाल ११ टिममध्ये आठौं भएको थियो ।

नेपालको आगामी विश्वकप छनोटको तयारीका लागि अस्ट्रेलिया टुर महत्वका साथ हेरिएको छ ।

नेपाली क्रिकेट टोली

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय