
News Summary
Generated by OK AI. Editorially reviewed.- सशस्त्र प्रहरीका दुई जना कर्मचारीले भारतीय तस्करलाई लाइन मिलाइदिएर २२ रुपैयाँ रकम लिँदै गरेको भिडिओ सार्वजनिक भएपछि छानबिन सुरु गरिएको छ।
- सर्लाहीको सखुवा बोर्डर आउट पोस्टका सई लेखराज बिष्टलाई छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर जिम्मेवारी खोसिएको छ।
- हवल्दार सुमन चौधरीलाई नं. १० गण सर्लाहीमा राखेर छानबिन अघि बढाइएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता डीएसपी शैलेन्द्र थापाले जानकारी दिए।
१२ भदौ, काठमाडौं । रकम असुली गरेको भिडिओ सार्वजनिक भएपछि दुई सशस्त्र प्रहरीको जिम्मेवारी खोस्दै छानबिन सुरु गरिएको छ ।
छानबिनमा तानिनेहरूमा सर्लाहीको सखुवा बोर्डर आउट पोस्ट (बीओपी) का सई लेखराज बिष्ट र हवल्दार सुमन चौधरी छन् ।
सई विष्टको जिम्मेवारी खोस्दै छिन्नमस्ता बाहिनी मुख्यालय बर्दिबासमा राखेर छानबिन सुरु गरिएको सशस्त्र प्रहरी बलका सहप्रवक्ता तथा डीएसपी शैलेन्द्र थापाले जानकारी दिए ।
त्यसैगरी हवल्दार बिष्टलाई भने नं. १० गण सर्लाहीमा राखेर छानबिन अघि बढाइएको छ ।
उनीहरुले भारतीय तस्करलाई लाइन मिलाइदिए वापत २२ रुपैयाँ बुझेको भिडिओमा देखिन्छ । उक्त भिडिओ ८ भदौको राति रहेको बताइएको छ ।
तस्करीका लागि लाइन मिलाइदिए वापत रकम लिँदै गरेको भिडिओ बुधबार सामाजिक सञ्जालमा सार्वजनिक भएको थियो।
प्रतिक्रिया 4