
News Summary
Generated by OK AI. Editorially reviewed.- फिल्म 'स्त्री'ले ऋषिपञ्चमीको अवसरमा कमलादीस्थित गणेश मन्दिरमा पूजा गरी छायांकन सुरु गर्ने तयारी गरेको छ।
- जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन भदौ १४ गतेदेखि काठमाडौँ आसपास ३५ दिन चल्नेछ।
- फिल्ममा प्रमोद अग्रहरि, सलोन बस्नेत, रिश्ता बस्नेत र नम्रता श्रेष्ठले प्रमुख भूमिका निर्वाह गर्नेछन्।
काठमाडौँ । ऋषिपञ्चमीको अवसर पारेर फिल्म ‘स्त्री’ले छायांकन थालेको छ । विहिबार कमलादीस्थित गणेश मन्दिरमा शुभसाइत पूजा गरियो ।
विशेष कार्यक्रमका बीच चलचित्रको क्यामेरा पूजासहित शुभसाइत गरियो । जीवन शाहीको लेखन तथा निर्देशनमा बन्ने फिल्मको छायांकन कार्य चाहिँ भदौ १४ गतेदेखि सुरु हुने जनाइएको छ ।
काठमाडौँ आसपासमा ३५ दिन छायांकन तय छ । मेला रेकर्डिङ्ग स्टुडियोको ब्यानरमा समिर राई रसुकदेव बिष्टले फिल्म निर्माण गर्न लागेका हुन् ।
फिल्ममा बाबुल गिरीको संगीत, केवलमान सिंह बस्नेतको निर्माण नियन्त्रण, सुवास काफ्लेको व्यवस्थापन, देव महर्जनको द्वन्द्व निर्देशन, चन्द्र भण्डारीको सह निर्देशन र श्याम बरालको मेकअप हुनेछ ।
सामाजिक कथामा बन्ने फिल्ममा प्रमोद अग्रहरि, सलोन बस्नेत, रिश्ता बस्नेत र नम्रता श्रेष्ठको प्रमुख भूमिका रहनेछ । बालकलाकारमा दिप्सन चिलवाल र दीपेन्द्र चिलावल छन् ।
प्रतिक्रिया 4