+
+
WC Series
Won सुदूरपश्चिम रोएल्स 2025
169/4 (20)
VS
Sudurpaschim Royals won by 49 runs
चितवन राइनोज 2025
120/10 (17.1)
Shares

विपन्न परिवारलाई गाउँपालिकाले दियो पक्की घर उपहार

हरि अधिकारी हरि अधिकारी
२०८२ भदौ १५ गते ८:१७

१५ भदौ, विराटनगर । कानेपोखरी गाउँपालिका-३ कोलटोलकी दागे चौधरीले जीवनभर मिहिनेत गर्दा पनि घर बनाउन सकिनन् । दैनिकी मजदुरी गरेर गुजारा गर्ने चौधरीको घर परालले छाएको सानो छाप्रो थियो । तर, हिजोआज उनी पक्की घरमा बस्छिन् ।

अतिविपन्न चौधरीलाई कानेपोखरी गाउँपालिकाले घर बनाएर दिएको छ । फुस्को घरमा बस्दै आएकी चौधरी भुईं ढलाई गरी टिनको छाना भएको पक्की घर पाउँदा खुसी छिन् ।

फूलमति चौधरीको दैनिकी मजदुरी गरेर बित्छ । गाउँमा मजदुरी गर्ने उनको बसोबास फुसको छाप्रोमा थियो । हिउँदमा बसाइ सामान्य रहेपनि वर्षामा पानी चुहिन्थ्यो । चौधरीले  पनि दागेको जस्तै नयाँ घर पाएकी छन् ।

कानेपोखरी गाउँपालिका- ४ क्याम्पाघाटका गोदला ऋषीदेवले जीवनभर मजदुरी गर्दा पनि घर बनाउन सकेका थिएनन् । उनले पनि नयाँ घर पाएका छन् ।

दागे, फूलमति र गोदलाले मात्रै होइन, कानेपोखरी गाउँपालिकाले १२२ अतिविपन्न परिवारलाई घर बनाएर दिएको छ ।

शनिबार मात्रै कानेपोखरी गाउँपालिका वडा नम्बर १ को झर्नाघुट्टुमा ११ वटा र कानेपोखरी– ३ का कोलटोलमा ३० गरी ४१ अतिविपन्न परिवारलाई नयाँ  घर हस्तान्तरण गरेको थियो । झर्नाघुट्टु र कोलटोलमा बनेको घर गाउँपालिका अध्यक्ष राजमती इङनामसँगै सार्वजनिक लेखा समितिका सभापति ऋषिकेश पोखरेल र प्रदेश संसाद लिलाबल्लभ अधिकारीले हस्तान्तरण गरे ।

सहारा नेपाल र हेवीटाट फर ह्युमानिटी नेपालको सहकार्यमा भान्साघर र शौचालयसहितको दुई कोठे पक्की घर निर्माण गरी हस्तान्तरण गरेको  हो । भुईं ढलाइ गरिएको घरको छानो टिनको छ । घर निर्माणका लागि प्रशोधित बाँसको प्रयोग  गरिएको छ । शनिबार हस्तान्तरण गरेको ४१ वटा आवास २ करोड २८ लाख १ हजार ३ सय लागतमा तयार भएको थियो । पालिकाका अनुसार एउटा घरको लागत ५ लाख ५६ हजार १३० रुपैयाँ छ ।

कानेपोखरी गाउँपालिका अध्यक्ष राजमति इनाङनामले आफ्नो कार्यकालमा १२२ वटा घर निर्माण गरेर हस्तान्तरण गरिसकेकी हुन् । उनका अनुसार कानेपोखरी वडा नम्बर १ मा ३०, वडा नम्बर ३ मा ६०,  वड नम्बर  ४ मा १७ वटा घर निर्माण भएको छ । प्रदेश सरकारसँगको सहकार्य पालिकाले ३४ वटा घर निर्माण भएको छ ।

अध्यक्ष इङनामका अनुसार थप ५० वटा घर निर्माणको प्रक्रिया सुरु भएको छ ।

गाउँपालिका अध्यक्ष इङ्नाम यसअघि पालिकाको उपाध्यक्ष थिइन् । उपाध्यक्ष हुँदा सडक निर्माणको अनुगमनका क्रममा सडक किनारामा बसेका स्थानीयको गुनासो सुनेपछि विपन्नका लागि आवास निर्माणलाई प्रथमिकतामा राखेको उनले बताइन् ।

‘आगनमा  कालोपत्रे सडक बनेपनि घर नभएका कारण स्थानीय खुसी थिएनन्, कस्तो लग्यो भनेर सोध्दा घर छैन बाटो बनेर के गर्नु भन्नुभएको थियो’,  विगत सम्झदै अध्यक्ष इङनामले भनिन्, ‘त्यसपछि सडक बनेर मात्रै हुँदैन, विपन्नको पनि घर बनाउनु पर्छ भनेर काम गरिरका छौं ।’ बर्साैसम्म फुस्को घरमा बसेका अतिविपन्न परिवनरले घर पाउँदा खुसी व्यक्त गरेको उनले बताइन् ।

लेखक
हरि अधिकारी

अधिकारी अनलाइनखबरका विराटनगरस्थित संवाददाता हुन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

धेरै कमेन्ट गरिएका

छुटाउनुभयो कि ?