
१५ भदौ, काठमाडौं । चीन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली र भारतीय समकक्षी नरेन्द्र मोदीबीच भेट भएको छ ।
उनीहरूबीच आइतबारर दिउँसो तियान्जिनमा भेट भएको हो ।
भेटको तस्वीर सार्वजनिक गर्दै भारतीय प्रधानमन्त्री मोदीले नेपालसँगको सम्बन्ध गहिरो र विशेष रहेको बताएका छन् ।
‘भारतको नेपालसँगको सम्बन्ध गहिरो र विशेष छ,’ मोदीले भनेका छन्, ‘तियान्जिनमा नेपालका प्रधानमन्त्री केपी ओलीज्यूलाई भेट्न पाउँदा खुशी लाग्यो ।’
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4