+
+
Shares

‘हर्ष’ १२ मंसिरदेखि प्रदर्शनमा आउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १६ गते ११:५९

News Summary

Generated by OK AI. Editorially reviewed.
  • निर्देशक एकता पौडेलको डेब्यू फिल्म 'हर्ष'को पहिलो झलक र दुई पोस्टर सोमबार सार्वजनिक भएका छन्।
  • फिल्म 'हर्ष' मंसिर १२ गतेदेखि प्रदर्शनमा आउनेछ र यसमा खगेन्द्र लामिछाने, वर्षा राउत लगायत कलाकारहरू छन्।
  • निर्देशक पौडेलले कथा लेखेकी हुन् र यो फिल्म अष्टलक्ष्मी प्रोडक्सन्स् तथा ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको छ।

काठमाडौं । एकता पौडेलको डेब्यू निर्देशकीय फिल्म ’हर्ष’को पहिलो झलक सार्वजनिक भएको छ । सोमबार फिल्मका दुई पोस्टर सार्वजनिक गरिए ।

जसअनुसार, यो फिल्म मंसिर १२ गतेदेखि प्रदर्शनमा आउँदैछ । सार्वजनिक दुबै पोस्टरमा फिल्मका प्रमुख कलाकारलाई प्रस्तुत गरिएको छ ।

मामा शिव रेग्मीका पदचाप पछ्याउँदै भाञ्जी एकताले यो फिल्मबाट करिअर थालेकी हुन् ।

निर्देशक पौडेलले अमेरिकाको न्यूयोर्क फिल्म एकेडेमीमा फिल्म अध्ययन तथा आमसञ्चार विषयमा स्नातक गरेकी हुन् ।

फिल्ममा खगेन्द्र लामिछाने, वर्षा राउत, नीर शाह, सन्तोष पन्त, शर्मिला मल्ल, माओत्से गुरुङ, विशाल पहाडी, निमा पाण्डे, लुनिभा तुलाधर, अंशु महर्जन, रेनु प्रधान, सुवर्ण थापा, सृष्टि महर्जन, संगीता नापित, साइमन वादीको अभिनय छ ।

अष्टलक्ष्मी प्रोडक्सन्स् र ई-प्राईम मुभिजको ब्यानरमा निर्माण भएको फिल्मको कथा स्वयं निर्देशक पौडेलले लेखेकी हुन् । निर्माता प्रसन्न पौडेल र विकास पौडेल छन् । कार्यकारी निर्मातामा हिक्मत चोखल छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?