
१६ भदौ, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र रुसका राष्ट्रपति भ्लादिमिर पुटिनबीच भेटवार्ता भएको छ । चीन भ्रमणमा रहेका प्रधानमन्त्री ओलीले राष्ट्रपति पुटिनसँग सोमबार भेटवार्ता गरेका हुन् ।
शाङ्घाइ सहयोग संगठन (एससीओ)को शिखर सम्मेलनमा भाग लिन प्रधानमन्त्री ओली गत शनिबार चीन गएका थिए ।
उनीहरूबीच चीनको तियान्जिन मेइजिङ सम्मेलन केन्द्रमा द्विपक्षीय भेटवार्ता भएको हो ।
तर एससीओ प्लसको बैठक लम्बिएपछि प्रधानमन्त्री ओली र राष्ट्रपटि पुटिनबीचको भेटवार्ता केही समय पछि सरेको थियो ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4