+
+
Shares

कोशी प्रदेशमा पानी पार्ने प्रणाली विकसित, सतर्कता अपनाउन आह्वान

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १७ गते ७:४०

१७ भदौ, काठमाडौं । कोशी प्रदेशमा मेघगर्जनसहित पानी पार्ने मौसमी प्रणाली विकसित भएको छ ।

उदयपुरमा अवस्थित राडारले देखाएअनुसार कोशी प्रदेशका झापा, मोरङ र सुनसरी जिल्ला आसपासका क्षेत्रमा पानी पार्ने मौसमी प्रणाली विकसित भएको हो । यो प्रणाली उत्तर–पश्चिम दिशामा फैलिरहेको छ ।

यसको प्रभावले कोशी प्रदेशका अधिकांश स्थानहरुमा मेघगर्जन र चट्टयाङसहित मध्यमसम्म वर्षा हुने सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । त्यसैले सतर्कता अपनाउन विभागले अनुरोध गरेको छ ।

कोशी प्रदेशका तराई र पहाडी भूभागमा प्रतिघण्टा २५ मिलिमिटरसम्म वर्षा हुनसक्ने पूर्वानुमान रहेको विभागले जनाएको छ । कोशी प्रदेशका एक-दुई स्थानमा भारी वर्षाको पनि सम्भावना रहेको विभागले जनाएको छ।

आज राति कोशी, बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा तथा बाँकी प्रदेशका थोरै स्थानहरूमा मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक-दुई स्थानमा भारी वर्षा पनि हुनसक्ने पूर्वानुमान छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?