
१७ भदाै, हुम्ला । हुम्लाको उत्तरी नाम्खा गाउँपालिका-६ लिमीमा पानी परेपछि सञ्चारविहीन हुने गरेकाे छ ।
घाम लागेपछि मात्रै सञ्चारले काम गर्ने मोबाइल टावरसँगको सम्पर्क पानी पर्ने बित्तिकै विच्छेद हुने गरेको हाे ।
लिमीकाे हल्जी,जाँङ,तिल गाउँलाई लक्षित गरेर जडान भएको नेपाल टेलिकमकाे टावर पानी परेपछि साैर्य ऊर्जाले काम नगर्ने हुँदा सो क्षेत्र सञ्चारविहीन हुने गरेकाे नाम्खा गाउँपालिका-६ का वडाध्यक्ष पाल्जाेर तामाङले जानकारी दिए ।
‘दिउँसाे काम गर्छ राती पावरले काम गर्न छाेडेपछि सञ्चारविहीन हुने गरेको छ,’ वडाध्यक्ष तामाङले भने ।
लगातार वर्षा हुँदा तिल गाउँ नजिक डाँडोमा राखिएको नेपाल टेलिकमको टावरले काम गर्न छाेडेपछि लिमीका जनताले सञ्चार सेवाका लागि सास्ती भोग्नु परेको वडाध्यक्ष तामाङको भनाइ छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4