+
+
Shares

संसदीय सुनुवाइ समितिको सभापतिमा रामहरि खतिवडाले दिए उम्मेदवारी

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ १९ गते १५:५८

News Summary

Generated by OK AI. Editorially reviewed.
  • संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन्।
  • निजामती सेवा विधेयकको प्रतिवेदनमा 'कुलिङ पिरियड' सम्बन्धी प्रावधान राख्दा छलछाम गरेकोमा खतिवडालाई जिम्मेवार ठहर्‍याइएको थियो।
  • खतिवडाले समितिको सभापतिबाट राजीनामा दिएपछि उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो।

१९ भदौं, काठमाडौं । संसदीय सुनुवाइ विशेष समितिको सभापतिमा कांग्रेसका रामहरि खतिवडाले मनोनयन दर्ता गरेका छन् । निजामती सेवा विधेयकको प्रतिवेदनमा ‘कुलिङ पिरियड’ सम्बन्धी प्रावधान राख्दा छलछाम गरेकोमा संसदीय छानबिन समितिले उनलाई जिम्मेवार ठहर्‍याएको थियो ।

त्यसपछि उनले समितिको सभापतिबाट राजीनामा दिएका थिए । राजीनामा दिए लगत्तै उनलाई संसदीय सुनुवाइ समितिको सदस्य बनाइएको थियो । राज्य व्यवस्था समितिबाट खतिवडाले राजीनामा दिएपछि संसदीय सुनुवाइ समितिकी सभापति इश्वरी न्यौपानेलाई त्यहाँ लगिएको थियो ।अहिले न्यौपाने विगत सभापति रहेको ठाउँमा खतिवडालाई ल्याउन लागिएको हो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?