+

रोहित चन्द इन्डोनेसियन क्लब पेर्सिक केडिरीबाट अलग

२०८२ भदौ  १९ गते २१:४३ २०८२ भदौ १९ गते २१:४३
रोहित चन्द इन्डोनेसियन क्लब पेर्सिक केडिरीबाट अलग

News Summary

Generated by OK AI. Editorially reviewed.
  • नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीबाट अलग भएका छन्।
  • सन् २०२२ मा क्लबमा आबद्ध भएका रोहितले सम्झौता नवीकरण नगरेका हुन्।
  • क्लबले रोहितलाई \'ह्‍वाइट टाइगर\' उपनाम दिँदै सबैभन्दा सिनियर विदेशी खेलाडी भएको उल्लेख गरेको छ।

१९ भदौ, काठमाडौं । नेपाली राष्ट्रिय टोलीका डिफेन्सिभ मिडफिल्डर रोहित चन्द इन्डोनेसियन क्लब पेरिसिक केडिरीबाट अलग भएका छन् ।

सन् २०२२ मा क्लबमा आबद्ध भएका रोहितले अब सम्झौता नवीकरण नगर्ने भएका हुन् ।  क्लबले पनि सामाजिक सञ्जालमा पोस्ट राख्दै क्लबलाई दिएको योगदानका लागि धन्यवाद दिएको छ ।

क्लबले रोहितलाई ‘ह्‍वाइट टाइगर’ भनेर उपनाम दिँदै उनी क्लबमा खेल्ने सबैभन्दा सिनियर विदेशी खेलाडी भएको जनाएको छ ।

पेर्सिक केडिरीमा आएनुअघि रोहित इन्डोनेसियाकै अर्को क्लब पर्सिजा जाकार्तामा थिए । रोहितले २०१३ देखि २०१५ सम्म पनि पर्सिजाबाट खेलेका थिए ।

त्यसपछि उनी मलेसियन क्लब टि टिम एफसीमा अनुबन्ध भए । जहाँ उनले चोटका कारण धेरै समय खेल्न पाएनन् । त्यसपछि उनी सन् २०१७ मा फेरि इन्डोनेसियामै फर्किएका थिए ।

रोहितले पर्सिजाबाट लिगसहित चार उपाधि जितेका छन् । उनी एक सिजन लिगको सर्वोत्कृष्ट खेलाडीसमेत बनेका थिए ।

इन्डोनेसियामा रोहित हिमालयन टाइगर उपनामले चिनिन्छन् । इन्डोनेसियमा उनका थुप्रै समर्थक छन् ।

रोहित चन्द
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय