+

एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको विजयी सुरुवात

२०८२ भदौ  २० गते १६:४० २०८२ भदौ २० गते १६:४०
एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविसको विजयी सुरुवात

News Summary

Generated by OK AI. Editorially reviewed.
  • साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिगको दोस्रो संस्करणमा पोखरा निन्जाजलाई ३-० को सेटमा हराएको छ।
  • कर्णालीले पोखरा कभर्डहलमा भएको उद्घाटन खेलमा २५-२१, २५-२०, २५-१४ को सेटमा जित हासिल गरेको छ।
  • ग्रीसकी एभानजेलिया चान्टाभाको उत्कृष्ट प्रदर्शनले कर्णालीलाई विजयी सुरुवात गर्न मद्दत गरेको छ।

२० भदौ, काठमाडौं । साविक विजेता कर्णाली यशविसले वात्सल्य एभरेष्ट महिला भलिबल लिग (इडब्लुभी)को दोस्रो संस्करणमा विजयी सुरुवात गरेको छ ।

उपाधि रक्षा गर्ने अभियानमा रहेको कर्णालीले आज पोखरा कभर्डहलमा भएको उद्घाटन खेलमा पोखरा निन्जाजलाई ३-० को सेटमा हरायो ।

ग्रीसका एभानजेलिया चान्टाभाको उत्कृष्ट प्रदर्शन प्रेरित कर्णालीले पोखरालाई २५-२१, २५-२०, २५-१४ ले हरायो ।

त्यसअघि युवा तथा खेलकुद मन्त्री तेजुलाल चौधरीले प्रतियोगिताको उद्घाटन गरेका थिए । मन्त्री चौधरीले लिगको उद्घाटन समारोहमा एभरेष्ट महिला भलिबल लिग नेपाली भलिबलको इतिहासमा पहिलो फ्रेन्चाइज लिग भएको र यसले खेलाडीहलाई धेरै उत्साहित बनाएको भन्दै यसका लागि आयोजकलाई धन्यवाद दिए । साथै यस किसिमको लिगले खेलाडीहरुको विकासको लागि समेत फाइदा पुग्ने विश्वास व्यक्त गरे ।

इन्फिनिटी ड्रिम्स प्रालीको आयोजनामा गत वर्ष देखि सुरु भएको एभरेष्ट महिला भलिबल लिगको पहिलो संस्करण काठमाडौंमा आयोजना भएको थियो । लिगलाई विकेन्द्रिकरण गर्ने र उपत्यका बाहिर विभिन्न शहरमा पुर्‍याउने लक्ष्यका साथ यस पटक दोस्रो संस्करण पोखरामा आयोजना गरिएको हो ।

आजै ललितपुर क्विन्स र मधेश युनाइटेडबीच दोस्रो खेल हुनेछ ।

एभरेस्ट महिला भलिबल लिग

धेरै कमेन्ट गरिएका

लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय