
२० भदौ, काठमाडौं । आयोजना बैंकमा फागुन मसान्तसम्म आयोजनाहरू प्रविष्ट गरिसक्न राष्ट्रिय योजना आयोगले मन्त्रालयहरूलाई सहजीकरण गरिदिएको छ ।
आयोगका अनुसार मन्त्रालयगत बजेट सूचना प्रणालीमा समावेश भएका पूर्वाधार सम्बन्धी आयोजना कार्यान्वयन गर्नुपूर्व विषयगत मन्त्रालय वा निकायले आयोजना बैंकमा प्रविष्ट सम्बन्धी सबै प्रक्रिया पूरा गर्नुपर्ने प्रावधान छ ।
आयोजना बैंकमा प्रविष्ट आयोजना एकै आर्थिक वर्षमा अध्ययन सम्पन्न गरी विनियोजित रकमको सीमाभित्र रही कार्यान्वयन गर्न सकिने समेत विनियोजन ऐन २०८२ मा उल्लेख छ ।
यो प्रावधान कार्यान्वयनको सहजीकरणका लागि अर्थ मन्त्रालयले योजना आयोगलाई पत्र लेखेको थियो । सोही अनुसार आयोजना बैंक सूचना प्रणाली आयोजना बैंक (सञ्चालन तथा व्यवस्थापन) २०८१ अनुसारको प्रविष्ट सम्बन्धी सबै प्रक्रिया पूरा गरी प्रविष्ट गर्न २०८२ फागुन मसान्तसम्मका लागि खुला गर्ने निर्णय आयोगले गरेको छ ।
प्रतिक्रिया 4