+
+
Shares

स्वस्तिमा खड्का एड-टेक प्लाटफर्म ‘मबिको एप’को व्यवसायिक दूतमा नियुक्त

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २० गते २१:००

News Summary

Generated by OK AI. Editorially reviewed.
  • अभिनेत्री स्वस्तिमा खड्का 'मबिको एप'को व्यवसायिक दूतमा नियुक्त भएकी छन्।
  • मबिको एपले नेपाली विद्यार्थीको विदेश अध्ययन यात्रालाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्य राखेको छ।
  • यो एपमा ६० भन्दा बढी शैक्षिक संस्था सूचीकृत छन् र २००० भन्दा धेरै विद्यार्थीले डाउनलोड गरिसकेका छन्।

काठमाडौं । अभिनेत्री स्वस्तिमा खड्का ‘मबिको एप’को व्यवसायिक दूतमा नियुक्त भएकी छन् ।

नेपाली विद्यार्थीको विदेश अध्ययन यात्रालाई सुरक्षित, पारदर्शी र प्रविधिमैत्री बनाउने उद्देश्यले मुलुकको पहिलो शैक्षिक डिजिटल प्लाटफर्मको रुपमा यो एप निर्माण गरिएको विज्ञप्तिमा जनाइएको छ ।

अभिनेत्री खड्काले पनि सामाजिक संजालबाट आफू ब्रान्ड एम्बेसडर बनेको जानकारी दिएकी छन् । ‘शतप्रतिशत नेपालीको स्वामित्व रहेको नेपालको पहिलो एड्-टेक प्लाटफर्म जहाँ तपाईंले प्रमाणीकरण भएका शैक्षिक कन्सलट्यान्सी भेटाउन र खोज्न सक्नुहुन्छ’ स्वस्तिमाले भनेकी छन् ।

१ वर्षदेखि संचालनमा रहेको यो एपलाई २००० भन्दा धेरै विद्यार्थीले डाउनलोड गरेको जनाइएको छ । यो एपमा अमेरिका, अस्ट्रेलिया, क्यानडा, जापान, दक्षिण कोरिया, युरोप लगायतका ठाउँमा सुविधा दिने ६० भन्दा धेरै उत्कृष्ट मानिएका संस्था सूचीकृत रहेको उल्लेख छ ।

यो प्लाटफर्मको लागि लोकप्रिय कमेडियन तथा कन्टेन्ट क्रिएटरहरू हिमेश पन्त, पवन खतिवडा, इस्टु कार्की, सुजाता श्रेष्ठ लगायतले प्रवर्धन गर्दै आइरहेका छन् ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?