+
+
Shares

एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने

पहिलो चरणमा वैदेशिक रोजगारमा रहेका र प्रभावित स्थानीयले भर्न पाउने

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २२ गते ९:३३

News Summary

Generated by OK AI. Editorially reviewed.
  • एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने भएको छ र पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई निष्कासन हुनेछ।
  • कम्पनीले १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको छ।
  • वैदेशिक रोजगारमा रहेकाले असोज १ गतेसम्म र स्थानीय प्रभावितले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् र आवेदन प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि दिन सकिनेछ।

२२ भदौ, काठमाडौं । एसवाई प्यानलको आईपीओ भदौ २९ देखि खुल्ने भएको छ । कम्पनीले पहिलो चरणमा उद्योग प्रभावित क्षेत्र र वैदेशिक रोजगारमा रहेकालाई आईपीओ निष्कासन गर्न लागेको हो ।

वैदेशिक रोजगारमा रहेकाले छिटोमा असोज १ गतेसम्म र स्थानीय प्रभावितले असोज १२ गतेसम्म आवेदन दिन सक्नेछन् । सेयर निष्कासन तथा बिक्री प्रवन्धकमा प्रभु क्यापिटल रहेको छ ।

कम्पनीले जारी पूँजी १ अर्ब ३० करोड ८१ लाख ३७ हजार १ सय कित्ताको ४० प्रतिशत सेयर अर्थात् ५२ लाख ३२ हजार ५४८ कित्ता सेयर सर्वसाधारण समूहमा निष्कासन गर्न लागेको हो ।

जसमध्ये २ लाख ६१ हजार ६२७ कित्ता उद्योग प्रभावित क्षेत्रका लागि र ४ लाख ९७ हजार ९२ कित्ता वैदेशिक रोजगारमा रहेकाहरूका लागि छुट्याइएको छ । उद्योग प्रभावित क्षेत्रका रुपमा चितवन जिल्लाको रत्ननगरपालिकाका सबै वडाहरू समेटिएका छन् ।

न्यूनतम १० र अधिकतम ५० हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ । प्रभावित स्थानीयले प्रभु बैंकका सौराहा शाखा, टाँडी शाखाबाट आवेदन दिन सक्नेछन् । प्रभु क्यापिटलको अनलाइन प्रणालीबाट पनि आवेदन दिन सकिने क्यापिटलले जनाएको छ ।

त्यस्तै वैदेशिक रोजगारमा रहेकाले अनलाइन प्रणाली मेरो सेयरमार्फत आवेदन दिन सक्नेछन् ।

यसको मुख्य कार्यालय काठमाडौंको तीनकुनेमा छ । उद्योग रत्ननगर १४ मा पर्दछ । करिब ५० डिलरमार्फत एसवाई प्यानलका वस्तु बिक्री हुने गरेको कम्पनीको दाबी छ ।

अपरिस्कृत वित्तीय विवरणअनुसार गत आर्थिक वर्ष २०८१/८२ सम्म कम्पनीको प्रतिसेयर आम्दानी ८ रुपैयाँ ८१ पैसा छ । त्यस्तै प्रतिसेयर नेटवर्थ ११५ रुपैयाँ ४२ पैसा छ । सञ्चित नाफा १२ करोड १० लाख रुपैयाँ छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?