
२३ भदौ, काठमाडौं । सिभिल अस्पतालको इमर्जेन्सीमै पुग्नेगरी प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ । केहीबेरअघि प्रहरीले लगातार अश्रुँग्यास प्रहार गरेको थियो ।
प्रहरीले अश्रुग्यास प्रहारका कारण उक्त क्षेत्र तनावपूर्ण छ । अहिले त्यहाँको भिड तितरवितर भएको छ ।
नयाँ बानेश्वर क्षेत्रमा जेनजीहरूले गरेको प्रदर्शन उग्र बनेको छ । अहिलेसम्म पाँच जनाको मृत्यु भइसकेको विवरण अनलाइनखबरलाई प्राप्त भएको छ ।
दिउँसो साढे १२ बजेबाट काठमाडौंका विभिन्न क्षेत्रमा कर्फ्यू आदेश जारी भएको थियो ।
यद्यपि आन्दोलन रोकिएको छैन ।
अहिले पनि नयाँ बानेश्वर क्षेत्र तनावग्रस्त छ । घाइतेहरूको संख्या यकिन भइसकेको छैन ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
पुराना
लोकप्रिय
ट्रेन्डिङ
Advertisment
प्रतिक्रिया 4