
News Summary
Generated by OK AI. Editorially reviewed.- कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारविरुद्ध जेन–जीहरूले शान्तिपूर्ण प्रदर्शन गरेका छन्।
- वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली घण्टाघर अगाडि कोष सभामा परिणत भएको थियो।
- राप्रपा निकट युवा सङ्गठनका केही युवाहरूले आन्दोलन भत्काउन खोजे पनि कार्यक्रम शान्तिपूर्ण रूपमा सम्पन्न भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ।
२३ भदौ, सुर्खेत। कर्णाली प्रदेशको मुख्यमन्त्री कार्यालय अगाडि जेन–जीहरूले प्रदर्शन गरेका छन् । सामाजिक सञ्जाल बन्द र भ्रष्टाचारको विरुद्ध आन्दोलन सुरु गरेको जेनजीले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेका हुन्।
प्रदेश राजधानी वीरेन्द्रनगरको मंगलगढी चोकबाट सुरु भएको विरोध र्याली बजार परिक्रमा गर्दै घण्टाघर अगाडि गएर कोष सभामा परिणत भएको थियो । ‘जुरुक्क जेनजी’ जीउँदो कर्णाली नामक अभियान थालेका युवाहरूले शान्तिपूर्ण आन्दोलन गरेका थिए।
‘जुरुक्क जेनजी’ले थालेको शान्तिपूर्ण आन्दोलनमा राप्रपा निकट युवा सङ्गठनका केही युवाहरूले घुसपैठ गरी आन्दोलनलाई भट्काउन खोजेका थिए ।
‘हामीले नितान्त शान्तिपूर्ण आन्दोलनमा गरिरहेका थियौँ। त्यही बिचमा राप्रपा युवा सङ्गठनका केही युवाहरू घुसे र एक्कासि भट्काउपूर्ण नाराबाजी गर्न थाले,’ सहभागी एक युवाहरूले भने, ‘अनि लगत्तै हामीले कार्यक्रम समापन गर्यो।’
‘जुरुक्क जेनजी’को आन्दोलनबाट अलगिएको अर्को समूहले मुख्यमन्त्री कार्यालय अगाडि प्रदर्शन गरेको छ । अहिलेसम्म कुनै पनि अप्रिय घटना नभएको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रवक्ता एवं डिएसपी महोनजंग बुढथापाले जानकारी दिए।
‘अहिलेसम्म त्यस्तो कुनै पनि अप्रिय घटना भएको छैन। आन्दोलन शान्तिपूर्ण नै छ,’ उनले भने। प्रदेश राजधानी वीरेन्द्रनगरमा बाक्लो मात्रामा प्रहरी परिचालन गरिएको छ ।
हेर्नुहोस् थप तस्वीरहरू :
प्रतिक्रिया 4