+

एभरेस्ट महिला भलिबल लिगमा कर्णालीको लगातार तेस्रो जित

२०८२ भदौ  २३ गते १७:२५ २०८२ भदौ २३ गते १७:२५
एभरेस्ट महिला भलिबल लिगमा कर्णालीको लगातार तेस्रो जित

News Summary

Generated by OK AI. Editorially reviewed.
  • पोखरामा जारी एभरेस्ट महिला भलिबल लिगमा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ।
  • कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गरेको छ।
  • कर्णालीले ९ अंक जोडेर शीर्ष स्थानमा रहेको छ र आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भएकी छिन्।

२३ भदौ, काठमाडौं । पोखरामा जारी एभरेस्ट महिला भलिबल लिग (इडब्लुभी) मा कर्णाली यशविशले लगातार तेस्रो जित निकालेको छ ।

पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्डहलमा सोमबार भएको खेलमा कर्णालीले काठमाडौं स्पाईकर्सलाई ३-० को सोझो सेटमा पराजित गर्‍यो ।

कर्णालीले पहिलो सेट २५-२२, दोस्रो सेट २९-२७ र तेस्रो सेट २८-२६ ले जित निकाल्यो । कर्णालीको जितमा शानदार प्रदर्शन गरेकी विदेशि खेलाडी आना फ्लाभिया प्लेयर अफ द म्याच घोषित भइन् ।

कर्णालीले यसअघि पोखरा निन्जाज र लुम्बिनी लाभाजलाई पराजित गरेको थियो । जितसँगै कर्णाली ९ अंक जोडेर शीर्ष स्थानमा छ । काठमाडौंले दोस्रो हार बेहोरेको छ ।

पहिलो खेलमा ललितपुर क्विन्ससंग पराजित भएको काठमाडौंले दोस्रो खेलमा  मधेश युनाइटेडलाई हराएको थियो ।

आजको दोस्रो खेल ललितपुर क्विन्स र लुम्बिनी लाभाजबिच भैरहेको छ । इन्फिनिटी ड्रिम्स प्रालिको आयोजनामा जारी लिग भदौं २८ गतेसम्म चल्नेछ ।

एभरेस्ट महिला भलिबल लिग
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय