+
+
Shares

इटहरी प्रदर्शनका चार घाइतेको विराटमा उपचार हुँदै

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते १८:२४

News Summary

Generated by OK AI. Editorially reviewed.
  • इटहरीमा जेनजी युवाहरूको प्रदर्शनका क्रममा घाइते चार जनालाई मोरङको विराट शिक्षण अस्पतालमा भर्ना गरिएको छ।
  • झडपमा घाइतेमध्ये तीन जनालाई धरानको बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लगिएको थियो, जहाँ दुई जनाको मृत्यु भएको छ।
  • विराट शिक्षण अस्पतालमा १७ वर्षीय आशिष चौधरी, १९ वर्षीय सान्तनु ढकाल, १६ वर्षीय अनमोल पन्त र १६ वर्षीय सम्झना विकको उपचार भइरहेको छ।

२३ भदाै, विराटनगर । इटहरीमा जेनजी युवाहरूले प्रदर्शनका क्रममा घाइते भएका चार जनालाई मोरङको विराट शिक्षण अस्तालमा भर्ना गरिएको छ ।

इटहरीमा जेनजीको प्रदर्शनका क्रममा प्रहरीसँग झडप भएको थियो ।

झडपमा घाइते मध्ये चार जनालाई विराट मेडिकल कलेजमा भर्ना गरिएको हो । तीन जनालाई बीपी कोइराला स्वासथ्य विज्ञान प्रतिष्ठान धरान लगिएको थियो । धरानमा उपचारका क्रममा २ जनाको मृत्यु भएको छ ।

विराट शिक्षण अस्पतालमा १७ वर्षीय आशिष चौधरी १९ वर्षीय सान्तनु ढकाल, १६ वर्षीय अनमोल पन्त र १६ वर्षीय सम्झना विकको उपचार भइरहेको मेडिकल कलेज प्रशासनले जनाएकाे छ । घाइते मध्ये ढकालको टाउकोमा गम्भीर चोट छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?