+
+
Shares

जेनजी प्रदर्शनमा भएको घातक दमनप्रति एम्नेस्टीको आपत्ति

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २०:५१

२३ भदौ, काठमाडौं । नेपालमा भ्रष्टाचार र सामाजिक सञ्जाल प्रतिबन्धविरुद्ध जेनजी नेतृत्वमा भएको प्रदर्शनमा भएको दमनका क्रममा प्रहरीले घातक बल प्रयोग गरेको भन्दै आपत्ति व्यक्ति गरेको छ ।

प्रदर्शनका क्रममा कम्तीमा १९ जनाको मृत्यु र १०० भन्दा बढी घाइते भएको प्रारम्भिक रिपोर्टहरूमाथि प्रतिक्रिया दिँदै एम्नेनेस्टी इन्टरन्यासनल नेपालका निर्देशक निरन्जन थपलियाले प्रहरीले गैरकानूनी रुपमा घातक बल प्रयोग गरेको भन्दै कडा शब्दमा आपत्ति व्यक्त गरेका हुन् ।

‘धेरै प्रदर्शनकारीहरूको मृत्यु र गम्भीर चोटपटक लाग्ने गरी प्रहरीद्वारा घातक बलको गैरकानूनी प्रयोगको एम्नेस्टी इन्टरनेसनल नेपाल कडा निन्दा गर्दछ,’ उनले भनेका छन् ।

एम्नेस्टी इन्टरन्यासनलले सरकारी अधिकारीहरूलाई अधिकतम् संयमता अपनाउन पनि आग्रह गरेको छ ।

‘कानुन कार्यान्वयन गर्ने निकायहरुले अति आवश्यक अवस्थामा मात्रै प्रदर्शनकारीमाथि बल प्रयोग गर्नुपर्छ, र त्यो वैध उद्देश्य प्राप्तिका लागि मात्रै हुनुपर्छ,’ एम्नेस्टी इन्टरनेसनलले भनेको छ ।

तत्काल तनाव कम गर्न र प्रहरी परिचालन गर्दा प्रदर्शन गर्न पाउने अधिकारको ुसम्मान गर्न पनि एम्नेस्टीले आग्रह गरेको छ ।

‘नेपाल सरकारले प्रदर्शनका क्रममा भएको मृत्युको बारेमा तत्काल, गहन, स्वतन्त्र र निष्पक्ष अनुसन्धान गर्नुपर्छ र दोषी ठहरिएका सबैलाई फौजदारी अभियोजनसहित पूर्ण रूपमा जवाफदेही बनाउनुपर्छ,’ एम्नेस्टी इन्टरनेसनलले भनेको छ ।

साथै, सुरक्षाकर्मीको गैरकानूनी बल प्रयोगबाट पीडितहरूले राज्यबाट पूर्ण र प्रभावकारी क्षतिपूर्ति पाउनुपर्ने कुरा पनि एम्नेस्टीले उल्लेख गरेको छ ।

‘प्रदर्शनकारीहरूलाई शान्तिपूर्ण रूपमा विरोध गर्न, भ्रष्टाचार तथा सामाजिक सञ्जाल प्रतिबन्ध लगाउने सहित अभिव्यक्ति स्वतन्त्रतामाथि सरकारले लगाएको प्रतिबन्धविरुद्ध आफ्नो निराशा र आक्रोश व्यक्त गर्ने अधिकार छ,’ एम्नेस्टीले भनेको छ ।

अन्तर्राष्ट्रिय कानूनी प्रतिबद्धताका साथै आफ्नै संविधानले प्रदान गरेका अधिकारको सम्मान गर्नु नेपाली अधिकारीहरूको दायित्व भएको पनि एम्नेस्टीले सम्झाएका ेछ ।

‘सबै प्रदर्शनकारीहरूलाई सरकारले थप हानिबाट बचाउनु पर्छ । प्रदर्शनकारीविरुद्ध अन्धाधुन्ध हिंसा गर्नुको साटो सट्टा भ्रष्टाचार अन्त्य गर्न, जवाफदेहिता प्रदान गर्न र नागरिक स्वतन्त्रता सुनिश्चित गर्नुपर्ने भन्ने युवाहरूको वैध मागहरूलाई ईमानदारीपूर्वक सुन्नुपर्छ,’ एम्नेस्टी इन्टरन्यासनलले भनेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?