+
+
Shares

प्रधानमन्त्रीको राजीनामा माग्ने माओवादीको निर्णय, मृतकलाई शहीद घोषणा गर्न माग

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २३ गते २३:१८

२३ भदौ, काठमाडौं । नेकपा माओवादी केन्द्रले मुलुकमा विकसित भएको घट्नाक्रमलाई मध्यनजर गर्दै मंगलबार प्रतिपक्षी दलहरूको बैठक बोलाएको छ ।

प्रमुख प्रतिपक्षी दल माओवादी केन्द्रको सोमबार साँझ बसेको पदाधिकारी बैठकले प्रधानमन्त्री राजीनामा माग गर्ने निर्णय गरेको छ ।

जेनजी युवाहरूको प्रदर्शनका क्रममा सोमबार काठमाडौंमा १७ जनाको मृत्यु भएको छ भने इटहरीमा दुई युवाको ज्यान गएको छ । ३०० भन्दा बढी युवाहरूले घाइते भएका छन् ।

माओवादी पदाधिकारी बैठकले मंगलबार साँझ प्रत्येक स्थानीय तहमा श्रद्धाञ्जली सभा गर्ने निर्णय गरेको छ । साथै मृतक सबैलाई शहीद घोषणा गर्न सरकारसँग माग राख्ने बैठकको निर्णय छ ।

यस्तै सोमबारको प्रदर्शन हिंसात्मक बन्नुका कारण पत्ता लगाउन निष्पक्ष न्यायिक समिति गठनको माग गर्दै युवाहरूको आन्दोलनमा ऐक्यबद्धता जनाउने पदाधिकारी बैठकले निर्णय गरेको छ ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?