+

नेपालमा अवस्था प्रतिकूल बनेपछि स्वदेश फर्कँदै बंगलादेश फुटबल टोली

२०८२ भदौ  २४ गते ९:४९ २०८२ भदौ २४ गते ९:४९
नेपालमा अवस्था प्रतिकूल बनेपछि स्वदेश फर्कँदै बंगलादेश फुटबल टोली

News Summary

Generated by OK AI. Editorially reviewed.
  • बंगलादेश फुटबल टोली जेनजी आन्दोलनका कारण आज अपराह्न ४ बजे काठमाडौंबाट स्वदेश फर्कने एन्फाले जनाएको छ।
  • गत २१ भदौमा भएको पहिलो मैत्रीपूर्ण खेल गोलरहित बराबरीमा सकिएको थियो।
  • जेनजी आन्दोलनका क्रममा काठमाडौंसहित देशका विभिन्न स्थानमा प्रहरीको गोली लागेर दर्जनबढी युवाको ज्यान गएको छ।

२४ भदौ, काठमाडौं । नेपालमा मैत्रीपूर्ण फुटबल खेल्न आएको बंगलादेश फुटबल टोली आज स्वदेश फर्कने भएको छ ।

जेनजी आन्दोलनका कारण राजधानी काठमाडौंसहित समग्र नेपालको अवस्था प्रतिकूल बन्दै गएपछि टोली फर्कन लागेको हो । उनीहरू अपराह्न ४ बजेको विमानमार्फत फर्कने एन्फाले जनाएको छ ।

आजैका लागि तय भएको दोस्रो मैत्रीपूर्ण खेल पनि एन्फाले रद्द गरिसकेको थियो । यही बीचमा बंगलादेश टोली पनि स्वदेश फर्कने भएको हो ।

गत २१ भदौमा भएको पहिलो खेल गोलरहित बराबरीमा सकिएको थियो ।

काठमाडौंसहित देशका विभिन्न स्थानमा सोमबार जेनजी युवाहरूले गरेको प्रदर्शनमा प्रहरीको गोली लागेर दर्जनबढी युवाहरूको ज्यान गएको छ ।

मैत्रीपूर्ण फुटबल
लेखक
अनलाइनखबर
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय