+
+
Shares

बानेश्वर चोकमा नारा : सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ

अनलाइनखबर अनलाइनखबर
२०८२ भदौ २४ गते १०:१०

२३ भदौ, काठमाडौं । संसद् भवन अगाडि जेनजीजे आज पनि प्रदर्शन गरेका छन् ।

मंगलबार बिहानै बानेश्वर स्वस्फुर्त आएका युवाले प्रदर्शन गरिरहेका हुन् ।

‘सेना-पुलिस लिपुलेक जाऊ, संसद् भवन हामीलाई देऊ’ भनेर उनीहरूले नारा लगाइरहेका छन् ।

आजको प्रदर्शनमा  जेनजीका अभिभावकहरू समेत सहभागी भएका छन् ।

प्रदर्शनमा सहभागी अभिभावकहरूले भन्छन्, ‘अब यो आन्दोलन हाम्रो पनि हो।’

प्रदर्शनमा सहभागी एक जना प्रदर्शनकारीलाई प्रहरीले पक्राउ गरेको छ ।

सोमबार प्रहरीले बर्बर दमन गरेपछि आन्दोलनकारी थप आक्रोशित बनेका छन् । प्रदर्शनको क्रममा प्रहरीले गोली चलाउँदा हिजो देशभरि १९ जनाको मृत्यु भएको थियो ।

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
Khusi chhu

खुसी

Dukhi chhu

दुःखी

Achammit chhu

अचम्मित

Utsahit Chhu

उत्साहित

Akroshit Chhu

आक्रोशित

प्रतिक्रिया

भर्खरै पुराना लोकप्रिय
Advertisment

छुटाउनुभयो कि ?